यसकारण चल्दैन् विदेशबाट ल्याएका आईफोनहरुमा टेलिकमको फोरजी भीओएलटीई

Technology Khabar २२ जेष्ठ २०७८, शनिबार

यसकारण चल्दैन् विदेशबाट ल्याएका आईफोनहरुमा टेलिकमको फोरजी भीओएलटीई

काठमाडौं ।

नेपाल टेलिकमले हालै एप्पलका आईफोनहरुमा पनि फोरजी भीओएलटीई सेवा उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीले यसअघि एप्पललाई पत्र नै पठाएर नेपालभित्र बिक्री हुने आईफोनमा भिओएलटीई प्रविधि प्रयोग गर्न मिल्ने बनाउन भनेको थियो ।

सोहिअनुसार अब नेपालमा उपलब्ध आईफोनहरुमा सो सुबिधा उपलब्ध भएको छ । कम्पनीले केहि दिनअघिदेखि आईफोनमा पनि सो सुबिधा उपलब्ध भएको जानकारी दिएको छ ।

यसको अर्थ अब तपाईँले बजारमा रहेका आईफोन सिक्स भन्दा माथिका आईफोनहरुमा सो प्रविधि प्रयोग गरेर कुराकानी गर्न सक्नुहुनेछ ।

कम्पनीले आईफोन सिक्स, आईफोन सिक्स एस आईफोन सिक्स एस प्लस देखि आईफोन १२ सिरिजका सबै मोडलहरुमा फोरजी भीओएलटीई सेवा उपलब्ध भएको जानकारी दिएको छ ।

तर ती सबैमा नयाँ सफ्टवेयर अपडेट भएको र कुनै विशेष क्यारियरमा मात्र चल्ने किसिमको नहुनुपर्ने बताएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बजारमा उपलब्ध सबै किसिमका आईफोन मोडलमा कम्पनीको फोरजी भीओएलटीई प्रयोग गर्न सकिने बताए ।

‘नेपालमा उपलब्ध आईफोन ६ भन्दा माथिका सबै आईफोन मोडलमा चल्नेछ । तर बाहिरी देशबाट आफैंले लिएर आएका र मगाएका फोनहरुमा भने सो प्रविधि इनेबल नहुनसक्छ। कुनैमा क्यारियर स्पेशिफिक मात्र हुँदा चल्दैन्,’ प्रबन्ध निर्देशक अधिकारीले टेक्नोलोजीखबरसँग भने ।

उनकाअनुसार विदेशबाट प्रयोगकर्ताहरुले मगाएका आईफोनहरु अन्य देश र कम्पनीका लागि उपलब्ध गराईएका हुँदा त्यस्ता आईफोनहरुमा सो प्रविधि प्रयोग गर्न सकिँदैन् ।

त्यसैगरि कसैले आईफोनमा जेलब्रेक गरेको छ भने पनि त्यस्तो आईफोनमा पनि टेलिकमको फोरजी भीओएलटीई चल्दैन् ।

यी आईफोन मोडलहरुमा मात्र चल्नेछः

  • आईफोन ६
  • आईफोन ६एस
  • आईफोन ६एस प्लस
  • आईफोन ७
  • आईफोन ७ प्लस
  • आईफोन ८
  • आईफोन ८ प्लस
  • आईफोन एसई
  • आईफोन एक्स
  • आईफोन एक्स आर
  • आईफोन एक्सएस
  • आईफोन एक्सएस म्याक्स
  • आईफोन ११
  • आईफोन ११ प्रो
  • आईफोन ११ प्रो म्याक्स
  • आईफोन १२
  • आईफोन १२ मिनी
  • आईफोन १२ प्रो
  • आईफोन १२ प्रो म्याक्स

सम्बन्धित समाचार-

एलटीई र भीओएलटीईमा के फरक छ?

यसरी गर्नुस सेटिङ्ग-

  • सबैभन्दा पहिले आईफोनको सेटिङ्गसमा जानुस्,
  • त्यसपछि सेटिङ्गसमा भएको सेलुलर डाटा अप्सनमा जानुस्,
  • त्यसपछि भ्वाइस एण्ड डाटामा जानुस्,
  • अब एलटीईलाई छनौट गर्नुस र त्यसपछि भीओएलटीई इनेबल गर्नुस् ।

(For iPhone: Settings ->Cellular ->Cellular Data Option -> Voice & Data -> select LTE and enable VoLTE switch)

किन चल्दैन बाहिरबाट ल्याएका आईफोनहरुमा फोरजी भीओएलटीई सेवा ?

विदेशबाट आउने अधिकांश नेपालीहरुले देशमा फर्किँदा कम्तिमा एउटा स्मार्टफो र अझ विशेषरुपमा आईफोन नै ल्याउने गर्दछन् । तर नेपालमा आईपुग्दा ती आईफोनले काम नगर्ने हुन्छन् ।

बाहिरबाट ल्याईने अधिकांश आईफोनहरु नेपाली ग्राहकहरुले सो देशमा प्रयोग गरेर ल्याएका हुन्छन् । जहाँ उनीहरुले किनेका आईफोनहरु नेपाल टेलिकमजस्तै कम्पनीहरु (जसलाई क्यारियर भनिन्छ) उनीहरुको नेटवर्कमा मिल्ने किसिमका मात्र हुन्छन् । त्यस्ता आईफोनहरु विदेशमा क्यारियरले मासिक किस्ताबन्दीमा सेवासँगै उपलब्ध गराएका हुन्छन् र त्यसमा अन्य कम्पनीका सिमकार्ड राखेर चलाउन सकिँदैन् । अर्को कारण भनेको त्यस्ता आईफोनहरुमा ती क्यारियरहरुले नेटवर्कलाई सिमित गरिदिएका हुन्छन् र आफ्नो भन्दा बाहिरको सिमकार्ड राख्दा चल्दैन् ।  त्यसलाई लक गरिएको हुन्छ ।

यस्तोमा अन्य कम्पनीको सिमकार्डहरु चलाउनका लागि ती क्यारियरहरुको सम्पूर्ण रकम भुक्तानी गरेको हुनुपर्नेछ भने त्यसमा क्यारियर ब्लकलाई खोलिएको हुनुपर्नेछ ।

कतिपय समयमा यस्तो क्यारियर ब्लकलाई निश्चित रकम भुक्तानी गरेर खुलाउन पनि सकिन्छ र त्यस्तो रकम निकै महँगो हुने गर्दछ । कतिपय देशहरुबाट ल्याईएका आईफोनहरुमा भने यसरी अनलक गर्न सकिँदैन् । यस्तोमा ती देशहरुको कानूनले नै त्यसमा प्रतिबन्ध लगाएको हुन्छ र एप्पलले सोहीअनुसार ती देशहरुमा आईफोन बिक्री गरिरहेको हुन्छ । त्यसैले बाहिरबाट नेपालमा ल्याईएका आईफोनहरुमा नेपाल टेलिकमको भीओएलटीई नचल्ने समस्या देखिएको छ ।

अर्कोतर्फ यदि कसैले आईफोनको अपरेटिङ्ग सिस्टमलाई बिगारेको वा छेडछाड गरेको रहेछ भनेपनि त्यस्तो आईफोनमा नेपाल टेलिकमको भीओएलटीई सेवा चल्दैन् । यस्तो कार्यलाई जेलब्रेक भनेर चिनिन्छ ।

यो पनि हेर्नुस्-

यसरी सुरक्षित गर्न सकिन्छ घरको वाईफाई, हेर्नुस् नियामक निकायको ६ सुझाब

easy care

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार