आईप्याड मिनि यसै वर्ष नयाँ डिजाइनमा आउने, २०२२ मा आउने आईप्याड प्रो मा वायरलेस चार्जिङ रहने

Technology Khabar २२ जेष्ठ २०७८, शनिबार

आईप्याड मिनि यसै वर्ष नयाँ डिजाइनमा आउने, २०२२ मा आउने आईप्याड प्रो मा वायरलेस चार्जिङ रहने

काठमाडौं ।

एप्पलले आगामी वर्ष अर्थात् सन् २०२२ मा आउने आईप्याड प्रोमा वायरलेस चार्जिङ उपलब्ध गराउने भएको छ।

कम्पनी स्रोतका अनुसार वायरले चार्जिङमा लागि सहज होस् भन्ने उद्देश्यले यसमा ग्लास ब्याक रहनेछ। यस्तै एप्पलले यसका लागि म्यागसेफ चुम्बकीय सामग्री प्रयोग गर्नेछ।

केही रिपोर्टहरुका दावी गरिए अनुसार एप्पलले पुन: डिजाइन गरिएको आईप्याड मिनीमा पनि काम गरिरहेको छ। नयाँ डिजाइनमा यसमा स्क्रीनको बेजल साँघुरो बनाइएको छ भने होम बटन पनि हटाइएको छ।

यो नै पछिल्लो ६ वर्षमा आईप्याड मिनीमा आउन लागेको पहिलो डिजाइन हुने भएको छ।

यसअघि आएका केही रिपोर्टहरुका अनुसार एप्पलले सन् २००२ मा केही आईप्याडलाई ओएलईडीमा परिवर्तन गर्नेछ। यसमा मिनी एलईडी डिस्प्ले रहेको १२.९ इन्चको सानो आईप्याड प्रो लगायतका डिभाइस पर्ने आकलन गरिएको छ।

यसैबीच एप्पलको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स आउने सोमबार शुरु हुँदैछ। उक्त इभेन्टमा आईओएस तथा आईप्याडओएस १५ तथा पुन: डिजाइन गरिएको म्याकबुक प्रो लगायत थुप्रै उत्पादन र सफ्टवयरहरुका बारेमा जानकारी दिइने अपेक्षा गर्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

ताजा समाचार