एप्पलको एयरट्यागका लागि नयाँ सफ्टवेयर अपडेट जारी

Technology Khabar २२ जेष्ठ २०७८, शनिबार

एप्पलको एयरट्यागका लागि नयाँ सफ्टवेयर अपडेट जारी
Classic Tech

एप्पलले एयरट्यागका लागि नयाँ सफ्टवेयर अद्यावधिक जारी गरेको छ । यसअघि एयरट्यागमार्फत गोप्य रूपमा ट्र्याक गर्न प्रयोग गर्न सकिने चिन्ताका बिचमा नयाँ अपडेट ल्याएको हो ।

एयर ट्यागहरू अप्रिलमा जारी गरिएको थियो र मानिसहरूलाई तिनीहरूको सामानहरु ट्र्याक गर्नको लागि ल्याईएको हो । यद्यपि आलोचकहरूले सिक्का आकारको ट्र्याकरले सजिलैसँग कसैको वास्तविक समयको अवलोकन गर्न प्रयोग गर्न सकिने चेतावनी दिएका छन् ।

अपडेटलाई पछ्याउँदा यदि तिनीहरू एयरट्याग प्रयोगकर्ताहरुको आईफोनबाट टाढा भएको बेलामा एयरट्यागहरू बीप हुनेछन् । यसमा आठदेखि २४ घण्टा बीचको अनियमित समय तोकिएको छ र यसले नजिकैका मानिसहरूलाई सचेत बनाउनेछ ।

एयरट्याग प्रयोगकर्ताको आईफोनको नजिक भएमा एयरट्यागहरूले आफ्नो सफ्टवेयर स्वचालितरूपमा अपडेट गर्नुपर्नेछ ।

TK Viber

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

Loading...