नेपाली भर्चुअल वर्कस्पेश ‘लियोस्क्वाड’ जुन १८ मा सार्वजनिक हुँदै

Technology Khabar २२ जेष्ठ २०७८, शनिबार

नेपाली भर्चुअल वर्कस्पेश ‘लियोस्क्वाड’  जुन १८ मा सार्वजनिक हुँदै
Classic Tech

नेपाली भर्चुअल वर्कस्पेश लियोस्क्वाड आगामी जुन १८ तारिखमा सार्वजनिक हुने भएको छ।

एनालग इंक नामक संस्थाले कोरोना महामारीबीच वर्क फ्रम होमको अपरिहार्यतालाई मध्यनजर गर्दै भर्चुअल कार्यस्थलका रुपमा यो सफ्टवयर सार्वजनिक गर्न लागेको हो।

लियोस्क्वाडका बारेमा डेभलपर संस्था एनालग इंकका सीईओ आशुतोष अग्रवालले भने, ‘प्रविधिले मानव जीवनलाई सहज बनाउनुपर्छ भने लियोस्क्वाड हाम्रो भविष्य हो जसले कार्यस्थलको खाडल पुर्ने काम गर्छ भने सामान्य मानिसले पनि यसलाई प्रयोग गर्न सजिलै सिक्न सक्दछन्।’

कम्पनीका अनुसार उक्त सफ्टवयर देशमा व्यवसायिकतालाई प्रबर्द्धन गर्न, युवा सोचकर्ताहरुलाई अवसर प्रदान गर्न तथा आफ्नै व्यवसायमा लगानी गर्ने व्यक्तिहरुको खोजका लागि ल्याइएको हो।

समग्रमा यो सफ्टवयरले मानिसहरुलाई बजारमा उपलब्ध यस्तै अन्य सफ्टवयरहरुभन्दा कम खर्चमा प्रणालीबद्ध कार्ययोजना बनाउन प्लेटफर्म उपलब्ध गराउने कम्पनीको दावी छ।

यो सफ्टवयरको मुख्य विशेषता भनेको एउटा भर्चुअल वर्कस्पेशमा आवश्यक सबै फिचरहरु समावेश भएको र यसलाई सञ्चालन गर्न कुनै विशेष प्रकारको प्रविधिक दक्षता नचाहिने र सामान्य हिसाबले सबैले प्रयोगमा ल्याउन सक्नु हो।

यसमा रहेको अत्याधुनिक फिचरले कर्मचारी र कार्यालय दुवैको फाइदाका लागि उत्पादक मिथ्यारहित काम सम्पन्न गर्न सहयोग गर्दछ।

TK Viber

प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार

Loading...