सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ पद मुक्त

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ पद मुक्त
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई मन्त्री पदबाट मुक्त गरिएको छ । हालै प्रधानमन्त्री केपी शर्मा ओलीले उनको मन्त्रालयको जिम्मा आफैंले सम्हालेसँगै सञ्चारमन्त्री गुरुङको पद रिक्त भएको हो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकार रामशरण बजगाईलाई उदृत गर्दै सरकारको मुखपत्र गोरखापत्रको अनलाइन संस्करण गोरखापत्रअनलाइनले उल्लेख गरेअनुसार सञ्चार मन्त्रीको पद समेत प्रधानमन्त्रीले सम्हालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्रीहरुको हेरफेर गरेका हुन् । उनले आफूसँग प्रधानमन्त्रीसहित थप सात मन्त्रालय राखेर तीन जना उपप्रधानमन्त्री तोकेका छन् । उनीहरुको अहिले केहीबेरमा शीतल निवासमा पद तथा गोपनीयताको शपथ हुँदैछ ।

बजगाईँकाअनुसार प्रधानमन्त्री ओलीले आफूसँगै राखेको मन्त्रालयमा रक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ति र सामान्य प्रशासन छन् ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...