रियलमीले सन् २०२२ सम्म २० भन्दा बढी फाइभजी फोन सार्वजनिक गर्ने

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

रियलमीले सन् २०२२ सम्म २० भन्दा बढी फाइभजी फोन सार्वजनिक गर्ने
Classic Tech

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सन् २०२२ भित्र २० भन्दा बढी फाइभजी स्मार्टफोन उत्पादन तथा सार्वजनिक गर्ने योजना बनाएको छ।

कम्पनी स्थापनाको तेस्रो वार्षिकोत्सवका अवसरमा जीएसएम एसोसियशन, क्वालकम तथा काउन्टरपोइन्ट रिसर्चको सहकार्यमा आयोजित फाइभजी सम्मेलनका क्रममा यस्तो बताएको हो।  

कीनोट वक्तव्यका क्रममा रियलमीले सन् २०२४ सम्ममा एक्टिभ फाइभजी स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या १० करोड पुर्याउने साथैअर्को वर्षसम्ममा आफ्नो फाइभजी सेवा ७० प्रतिशतले बढाएर ५० ओटा बजारमा फैलाउने योजना सार्वजनिक गरेको थियो।

यो ब्राण्डले सस्ता फाइभजी फोनहरुमा केन्द्रित हुने र आउँदा वर्षहरुमा विश्व बजारमा फाइभजी फोनको औसत मूल्य १०० डलर हाराहारीमा ल्याउने उद्देश्य रहेको पनि बुझिएको छ।

रियलमीले यो बाहेक यसै महिनाको अन्त्यतिर प्रदर्शन क्षमतामा आधारित जीटी सिरिजका दुई ओटा फ्ल्यागशिप फोन बजारमा ल्याउने योजना पनि सुनाएको थियो

कम्पनीले आफ्नो विकास तथा अनुसन्धानको स्रोत साधनको ९० प्रतिशत अर्थात् ३० करोड डलर आगामी दुई वर्षभित्र फाइभजी उत्पादन विकासमा लगाउने र यसबाट एसिया, यूरोप, अफ्रिका तथा दक्षिण अमेरिकामा गरी ७ ओटा फाइभजी विकास तथा अनुसन्धान केन्द्र खोल्ने पनि योजनामा राखेको छ।  

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...