सरकारी सञ्चारमाध्यमहरुले अब ‘समृद्धिका लागि सञ्चार’ स्लोगन अन्तरगत काम गर्ने

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

सरकारी सञ्चारमाध्यमहरुले अब ‘समृद्धिका लागि सञ्चार’ स्लोगन अन्तरगत काम गर्ने
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नीति कार्यक्रम तथा बजेटको बारेमा सञ्चार मन्त्री पार्वत गुरुङले नयाँ ढंगबाट रुपान्तरण गर्न खोजेको छ । उनले समयअनुसार परिवर्तन गर्न पुराना कार्यक्रमहरुलाई समेत परिवर्तन गर्न चाहेको बताए ।

मन्त्रिपरिषदका निर्णयहरुको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ तरिकाले नीति तथा कार्यक्रमहरु ल्याएको दाबी गरे । उनले आफ्नो मन्त्रालयले पहिलो पटक यसरी नीति तथा कार्यक्रमहरु ल्याएको बताए ।

सरोकारबालाहरुसँग सुझाब लिने र आगामी कार्यक्रमको बारेमा छलफल गरेको भन्दै उनले सबै क्षेत्रसँग अन्तरक्रिया गरेको बताए ।

समृद्धिको लागि सञ्चारको अभियान अगाडि सारिएको भन्दै मन्त्रालयअन्तरगतको बजेटमा सबैले स्वागत गरेको उनको दाबी थियो ।

कोभिड १९ को प्रभावले धरासायी भएको बेला यो बजेट सञ्चार क्षेत्रको लागि माइलस्टोन समेत भएको बताए ।

सबै रेडियो नेपाल, गोरखापत्रलगायत सबै निकायहरुलाई गाभेर समृद्ध नेपाल सुखी नेपालीको दृष्टिकोणबाट सञ्चार क्षेत्रमा ‘समृद्धिको लागि सञ्चार भन्ने स्लोगन परिवर्तन भएको बताए । उनले यसअघिको ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई परिवर्तन गरिएको जानकारी दिए ।

‘आजैका दिनदेखि हामीले ऐतिहासीक निर्णय गरेका छौं । अब नेपाल टेलिभिजन रेडियो नेपाल लगायतका सरकारी सञ्चारमाध्यमहरुले आजैदेखि ‘समृद्धिको लागि सञ्चार’ भन्ने स्लोगन अनुसार काम गर्नेछन् ।’ उनले भने ।

मन्त्री गुरुङले आमसञ्चार प्रतिष्ठानको लागि गठन आदेश नै भईसकेको भन्दै त्यसलाई कार्यान्वयन गर्न सचिवको नेतृत्वमा ५ सदस्यिय कार्यदल समेत बनेको बताए ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...