सिटिजन्स बैङ्क इन्टरनेसनलको ‘पेडे लोन’ योजना, मोबाइल बैङ्किङमार्फत दुई लाखसम्म प्राप्त गर्नसक्ने

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

सिटिजन्स बैङ्क इन्टरनेसनलको ‘पेडे लोन’ योजना, मोबाइल बैङ्किङमार्फत दुई लाखसम्म प्राप्त गर्नसक्ने

सिटिजन्स बैङ्क इन्टरनेसनलले ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बैङ्कले एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

बिहीबार भर्चुअल कार्यक्रममार्फत बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

बैङ्कमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकले अधिकतम ३० दिनसम्मका लागि अधिकतम दुई लाखसम्म मोबाइल बैङ्किङमार्फत पेडे लोन सुविधा प्राप्त गर्नसक्ने बैङ्कले जनाएको छ ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...