क्लबहाउसमा इन्स्टाग्राम र ट्विटर एकाउन्ट लिंक गर्न सकिने

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

क्लबहाउसमा इन्स्टाग्राम र ट्विटर एकाउन्ट लिंक गर्न सकिने
Classic Tech

अडियो प्लेटफर्म क्लबहाउसले यूजरहरुलाई आफ्नो प्रोफाइलमा इन्स्टाग्राम र ट्विटर एकाउन्ट लिंक गर्न अनुमति दिने भएको छ। यो सुविधा क्लबहकाउसको बिटा एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध हुनेछ।

यसबाहेक डेभलपरहरुले वक्ताहरुलाई फलो गर्न तथा क्लब पेजमा आउँदै गरेका इभेन्टका बारेमा जानकारी लिन सहज हुने गरी अपडेट पनि जारी गरेका छन्।

यसबाहेक डेभलपरहरुले यो एप पूर्णूपमा ग्रीष्मऋतुको हाराहारी सार्वजनिक हुनसक्ने पनि बताएङ्का छन्। यसमा यूजरहरुले निशुल्क सहभागी हुन पाउनेछन्। अहिले कसैको निमन्त्रणामा मात्र छलफलमा सहभागी हुन सकिन्छ।

बिटा एपको एन्ड्रोइड रिलिज नोट अनुसार क्लबहाउस यूजरले आफ्ना बारेमा मानिसहरुले बुझुन्, फलो गरुन् र मेसेज गरुन् भन्ने हिसाबले इन्स्टाग्राम र ट्विटर एकाउन्ट लिंक गर्न सक्ने अप्शन लयाइएको हो।

यो फिचर परीक्षण गर्नका लागि आफ्नो प्रोफाइलमा गएर एड ट्विटर तथ एड इन्स्टाग्राम बटन क्लिक गर्नुपर्छ। क्लबहाउस एन्ड्रोइड एपमा भएको अर्को अपडेटले यूजरहरुलाई अन्य रुमबाट सोझै मानिसहरु तथा क्लबला फलो गर्न सक्छन्।

कुनै रुममा कुराकानी सुन्दै गर्दा कुनै वक्तालाई फलो गर्न मन लागेमा रुममा स्क्रीनको तल भएको फलो अप्शन क्लिक गर्न सकिन्छ। यसबाहेक क्लबमा आउँदै गरेका इभेन्टका बारेमा पनि जानकारी लिन सकिन्छ। यसक लागि क्लब पेजमा गएर आउँदै गरेका इभेन्टहरु स्क्रोल गरेर हेर्न मिल्छ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...