स्न्यापड्रागन सीपीयूको साथ सामसङका ग्यालेक्सी बुक गो ल्यापटपहरु लन्च

Technology Khabar २१ जेष्ठ २०७८, शुक्रबार

स्न्यापड्रागन सीपीयूको साथ सामसङका ग्यालेक्सी बुक गो ल्यापटपहरु लन्च

सामसङले आफ्नो ग्यालेक्सी बुक गो दायरामा दुई नयाँ बजेट ल्यापटपको आगामी प्रक्षेपणको घोषणा गरेको छ।

यी दुबै भर्खरको स्न्यापड्रागन एआरएम सीपीयूद्वारा संचालित छन्। एन्ट्री लेभल ग्यालेक्सी बुक गो १४ इन्चको ल्यापटप हो जुन विन्डोज १० मा आधारित रहेको छ यसमा १८ घण्टाको ब्याट्री लाइफ दिने कम्पनीको दाबी छ । र नयाँ ल्यापटप गत महिना क्वालकमले लन्च गरेको स्न्यापड्रागन ७सी जनरल २ चिपसेटसहित आउनेछ । यो ४ जीबी वा ८ जीबी र्यामको साथ आउँदछ, र ६४ जीबी वा १२८ जीबी आन्तरिक स्टोरेजसहित हुनेछ । योआगामी १० जुनदेखि ३४९ अमेरिकी डलरको शुरुवात मूल्यमा उपलब्ध हुनेछ।

यसैबीच ग्यालेक्सी बुक गो ५जीमा अझ शक्तिशाली स्न्यापड्रागन एट सीएक्स जेन २ चिप प्रयोग गरिएको छ । जसमा फाइभजी कनेक्टिभिटी, डल्बी एटमस अडियो र ‘मिलिट्री-ग्रेड टिकाऊपन’ रहेको दाबी छ।

सामसङले ग्यालेक्सी बुक गो फाइभजीको विशिष्टता, मूल्य निर्धारण वा उपलब्धताका बारे विस्तृत जानकारी जारी गरेको छैन् तर दुबै नयाँ ल्यापटपले ग्यालेक्सी उपकरणहरूको साथ सिमलेस डिभाइस इकोसिस्टम अनुभव प्रदान गर्ने बताएको छ । जसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनलाई टेक्स्टको उत्तर दिन, कल गर्न, मिरर एन्ड्रोइड एप्स र इन्टरनेट कनेक्सन बिना फाईलहरू र फोटोहरू साझेदारी गर्न सक्ने सुबिधा दिनेछ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

Loading...