ज्योति लाईफको स्मार्ट एप्समा थप सुविधा जोडियो

Technology Khabar २० जेष्ठ २०७८, बिहीबार

ज्योति लाईफको स्मार्ट एप्समा थप सुविधा जोडियो
Classic Tech

ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ ।

उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग ईन गरेर प्राप्त गर्नुको साथै कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत पाउन सकिन्छ ।

यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गर्न सक्नेछन् । एन्ड्रोइड तथा आइ।ओ।एस। दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ ।

ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ ।

कम्पनीको अनुसार यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन/सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहीहरुले एक प्रकारले भन्ने हो भने यसलाई ‘मोबाईल इन्स्योरेन्स सेवा’ को रुपमा पनि लिन सक्नेछन् ।

उक्त एप्सबाट ज्योति लाईफले सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने छ ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

Loading...