नोकिया सी२० प्लस जुन ११ मा सार्वजनिक हुने

Technology Khabar २० जेष्ठ २०७८, बिहीबार

नोकिया सी२० प्लस जुन ११ मा सार्वजनिक हुने
Classic Tech

एचएमडी ग्लोबलले बिहीबार आगामी जुन ११ मा नोकिया सी२० प्लस स्मार्टफोन चीनमा सार्वजनिक गर्ने पुष्टि गरेको छ।

कम्पनीले उक्त फोनको पछाडिको भागको डिजाइनको झलक पनि शेयर गरेको छ। नोकिया सी२० प्लसको पोस्टरमा गोलाकार क्यामरा हाउजिङ तथा एउटा एलईडी फ्ल्याश रहेको देखिन्छ।

यसमा डुअल क्यामरा सेटअप रहेको तथा सिम स्लट बायाँ पट्टि तथा दायाँपट्टि भोल्युम रकर र पावर बटन देख्न सकिन्छ। पछाडिको डिजाइन एक महिनाअघि लीक भएको डिजाइनसँग मेल खाएको छ।

नोकिया सी२० प्लस हालै चीनको थ्रीसी तथा टीना साइटमा देखिएको टीए-१३८८ मोडल नम्बर भएको नोकिया फोन हुन सक्ने आकलन गरिएको छ। उक्त फोनको थ्रीसी सूचीकरण अनुसार यो एउटा एलटीई डिभाइस भएको र १० वाटको चार्जरसहित आउनेछ।

यसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहने बुझिएको छ भने इन्ट्री लेभलको युनिसोक एससी९८६३ए चिपसेट रहनेछ।

नोकिया सी२० प्लसमा ६.५२ इन्चको एचडी+ आईपीएस एलसीडी डिस्प्ले रहेको छ भने १ र २ जीबी र्याम तथा १६ र ३२ जीबी आन्तरकि मेमोरी रहने बुझिएको छ।

यसबाहेक १० वाट चार्जरसहितको ३००० एमएएच ब्याट्री रहनेछ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

Loading...