डिजिटल ट्याक्स लगाउने देशहरुमाथि ट्यारिफ लगाउने घोषणा गरेको अमेरिकाद्वारा निर्णय स्थगित

Technology Khabar २० जेष्ठ २०७८, बिहीबार

डिजिटल ट्याक्स लगाउने देशहरुमाथि ट्यारिफ लगाउने घोषणा गरेको अमेरिकाद्वारा निर्णय स्थगित

आफ्ना देशका टेक कम्पनीहरुलाई डिजिटल सेवा कर लगाएको भन्दै संयुक्त राज्य अमेरिकाले बुधबार ६ वटा देशहरुबाट २ अर्ब डलर भन्दा बढीको आयातमा २५ प्रतिशत शुल्क लगाउने घोषणा गर्यो, तर अन्तर्राष्ट्रिय कर वार्तालाप जारी राख्नका लागि समय प्रदान गर्न भन्दै त्यसलाई तुरुन्तै निलम्बन गरिएको रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी व्यापार प्रतिनिधि (युएसटीआर) कार्यालयले ‘धारा ३०१’ छानबिन पछि अमेरिकी कम्पनीहरुमा उनीहरुको डिजिटल कर भेदभावपूर्ण भएको निष्कर्ष निकालेपछि बेलायत, इटाली, स्पेन, टर्की, भारत र अष्ट्रियाका सामानहरुमा लाग्ने ट्यारिफलाई अनुमोदन गरेको बतायो।

युएसटीआरले ६ वटा देशबाट आयातको सूची समेत प्रकाशित गर्‍यो जहाँ अन्तर्राष्ट्रिय कर सम्झौता कुनै एक समाधानमा पुग्न असफल भयो  ट्यारिफको सामना गर्नु पर्नेछ । यसले देशहरूलाई एकपक्षीय डिजिटल सेवा कर लगाउन रोक्ने दबाब हुने बताईएको छ ।

युएसटीआरले बताएअनुसार बेलायतबाट आउने कपडा, ओभरकोट, फुटवेयर र सौन्दर्य प्रसाधन लगायत ८८७ मिलियन डलर बराबरको सामानमा २५ प्रतिशत शुल्क लगाउने छ। उसले इटालीबाट आउने ३८६ मिलियन डलरको सामान, स्पेनबाट आउने ३२३ मिलियन सामानमा,  टर्कीबाट ३१० मिलियन डलर, भारतबाट ११८ मिलियन डलर र अस्ट्रियाबाट ६५ मिलियन डलरको मूल्यमा ट्यारिफ लगाउने रिपोर्टमा उल्लेख छ।

सम्भावित ट्यारिफ दर सन्, २०१९ को आयात डाटामा आधारित छ । जसले अमेरिकाको फर्महरूबाट संकलन गरिने डिजिटल करको मात्रा बराबर गर्ने लक्ष्य राखेको एक यूएसटीआर अधिकारीले बताएका छन् ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

Loading...