माइक्रोसफ्टले आगामी जुन २४ मा विण्डोजको नयाँ भर्सन सार्वजनिक गर्ने

Technology Khabar २० जेष्ठ २०७८, बिहीबार

माइक्रोसफ्टले आगामी जुन २४ मा विण्डोजको नयाँ भर्सन सार्वजनिक गर्ने

काठमाडौं ।

माइक्रोसफ्टले आगामी जुन २४ का दिन आफ्नो नयाँ विन्डोज भर्सन सार्वजनिक गर्ने भएको छ। कम्पनीले विन्डोज १० सार्वजनिक गरेको लगभग ६ वर्ष भइसकेको छ।

उसले त्यसयता उक्त भर्सनमा थुप्रैपटक अपडेट ल्याएर अझ राम्रो प्रदर्शन गर्ने बनाउँदै आएको छ। तर जुन २४ मा भने कम्पनीले विन्डोज १० मा अपडेट नभइ नयाँ भर्सन नै सार्वजनिक गर्ने भएको हो।

माइक्रोसफ्टका मोडर्न लाइफ, सर्च एन्ड डिभाइसेज ग्रुपमा कर्पोरेट भाइस प्रेसिडेन्ट युसुफ मेहदीले हालै एउटा आधिकारिक ट्वीटमार्फत् विन्डोजको नयाँ भर्सन यसै महिनाको अन्तिम साता सार्वजनिक गरिने जानकारी दिएका हुन्।

ट्वीटमा उक्त इभेन्टमा के सार्वजनिक हुने भन्ने स्पष्ट नलेखिएको तर सँगै पोस्ट गरेको टिजर भिडियोमा विण्डोजका बारेमा देखाइएकाले यस्तो आकलन गरिएको हो।

इभेन्टका लागि माइक्रोसफ्टले निमन्त्रणा पनि पठाइसकेको र सीईओ सत्या नाडेला तथा चिप प्डक्ट अफिसर पानोस पनयले उक्त इभेन्ट प्रस्तुत गर्ने पनि बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार

ताजा समाचार