Technology Khabar २० जेष्ठ २०७८, बिहीबार
काठमाडौं ।
ह्वावेले आफ्नो बहुप्रतिक्षित अपरेटिङ सिस्टम हार्मोनीओएस २.० आधिकारिक रुपमा सार्वजनिक गर्न बुधबार जुन २ मा आयोजना गरेको इभेन्टमा थुप्रै डिभाइसहरु पनि सार्वजनिक गरिएका छन्।
ती डिभाइसहरुमा हार्मोनीओएस अपरेटिङ सिस्टम प्रयोग गरिएका स्मार्टफोन, स्मार्टवाच तथा ट्याब्लेटहरु रहेका छन्। ह्वावे मेट ४० सिरिजको नयाँ भर्सन, मेट एक्स२, वाच३ सिरिज र ह्वावे मेटप्याड प्रो इभेन्टका मुख्य आकर्षण रहे।
यसबाहेक ह्वावे फ्रीबड्स ४, मेटभ्यू तथा मेटभ्यू जीटी नामका हाइ-इन्ड मनिटर पनि सार्वजनिक गरिए। साथमा कम्पनीले स्माटफोन तथा ट्याब्लेट लगायतका १०० भन्दा बढी डिभाइसहरुमा हार्मोनीओएस अपरेटिङ सिस्टम इन्स्टल गर्ने पनि घोषणा गर्यो।
स्मार्ट डिभाइसहरुका लागि नेक्स्ट जेनेरेशन अपरेटिङ सिस्टम भएकाले हार्मोनीओएसले यूजरहरुलाई अझ सुरक्षित सहज अनुभव प्रदान गर्नका लागि भिन्न प्रकारका डिभाइसहरु एकै ठाउँमा जोड्न, सहकार्य गर्न एउटा साझा भाषा उपलब्ध गराउँछ।
यसले एउटै प्रणालीमा सबै प्रकारका भिन्न भिन्न डिभाइसहरुका विविध आवश्यकता परिपूर्ति गर्न चाहिने वितरित प्रविधि प्रयोग गरेर आवश्यकता अनुसारको लचिलो तरिकाले परिचालन गर्दछ।
यसबाहेक हार्मोनीओएसले यस अघि स्वतन्तर रुपमा रहेका विभिन्न डिभाइसहरुलाई सुपर डिभाइसमा रुपान्तरित गरेर सबै हार्डवयर तथा स्रोतसाधनहरुलाई एकत्रित गरी आफ्ना डिभाइसहरुले यूजरको रियल-टाइम आवश्यकता अनुरुप प्रदर्शन गर्न सकुन् भन्ने उद्देश्यले क्षमता अभिवृद्धि गर्छ।
डेभलपरका लागि हार्मोनीओएसले एपहरुलाई क्रस प्लेटफर्मका लागि विकास गर्ने तथा अलग अलग डिभाइसमा एपहरुले पहिलेभन्दा सहज तरिकाले काम गर्न सकुन् भन्ने उद्देश्यले तीनीहरुलाई भिन्न प्रकारका डिभाइसहरुमा परिचालन गर्न पनि मद्दत गर्छ।
यस्ता छन् सार्वजनिक भएका मुख्य डिभाइसहरु
ह्वावे वाच ३ सिरिज
ह्वावेको नयाँ फ्ल्यागशिप स्मार्टवाच ह्वावे वाच ३ सिरिजमा कर्भ्ड ग्लास, ३६२एल स्टीलको केश, ३डी रोटेटिङ क्राउन रहेको छ जसमा विभिन्न प्रकारका सेन्सरहरु जडान गरिएङ्का छन्। तिनैका मद्दतले यसले यूजरका बारेमा विभिन्न स्वास्थ्य तथा अन्य कुराहरुसँग सम्बन्धित तथ्याङ्क संकलन गर्छ।
ह्वावे वाच ३ सिरिजमार्फत् स्मार्टफोनमा झैं फोन उठाउन र गर्न ताथ संगीत सुन्न पनि मिल्छ। यसमा हार्मोनीओएस २ राखिएको छ भने यसले प्रोफेशनल फिटनेश र स्वास्थ्य प्रबन्धकका रुपमा काम गर्छ। यसका लागि यसमा १०० भन्दा बढी वर्क आउट मोडहरु दिइएका छन्। साथै यसमा लगाइएको उच्च गुणस्तरको तापक्रम सेन्सरले हाम्रो छालामार्फत शरीरको तापक्रम विश्वासिलो ढंगले नाप्न सक्छ।
मेटभ्यू तथा मेटभ्यू जीटी मनिटर
ह्वावेले इभेन्टमा मेटभ्यू तथा मेटभ्यू जीटी मनिटर पनि सार्वजनिक गरेको थियो। मेटभ्यू जीटी कम्पनीको पहिलो गेमिङ मनिटर हो। यसमा ३४ इन्चको ३४४०x१४४० रेजोल्युशनयुक्त १५००आर को कर्भेचर भएको एलसीडी डिस्प्ले छ। यसको रिफ्रेश रेट १६५ हर्ज छ भने क्रसहेयर तथा डार्क फिल्ड कन्ट्रोलजस्ता विशेषता रहेका छन्। यसले एचडीआर१० सपोर्ट गर्छ भने यसमा डिस्प्लेपोर्छ १.४ पनि दिइएको छ। यसमा समग्रमा २ ओटा एचडएमआई रहेका छन् जसरे यूएबी-सी र टाइप-सी सपोर्ट गर्छन्। यो पश्चिमी मध्य र पूर्वी यूरोफ नर्डिक राष्ट्र रुस जापान एशिया प्रशान्त क्षेत्र ल्याटिन अमेरिका मध्य पूर्व अफ्रिका तथा अन्य क्षेत्रमा उपलब्ध हुनेछ।
मेटभ्यू
यो सामान्य मनिटर हो जसमा ३८४०x२५६० रेजोल्युशन रहेको २८.२ इन्चको आईपीएस एलसीडी दिइएको छ। यूएसबी-सी पोर्टका साथमा ६५ वाट चार्जिङ सपोर्ट गर्ने यो मनिटराम मिनि डिस्प्लेपोर्ट १.२ र एचडीएमआई २.० पोर्ट दिइएका छन्। यसबाहेक समग्रमा तीन ओटा यूएसबी-ए ३.० पोर्ट रहेको छ। यो मनिटर १३५ वाटको पावर एडप्टर सहित आउँछ।
मेटप्याड प्रो १२.६ र मेटप्याड प्रो १०.८
हार्मोनीओएसयुक्त यी ट्याब्लेटले एचडीआर १० सपोर्ट गर्छन् यसमा रहेको माइकले ५ मिटर परसम्मको आवाज तान्न सक्छन्। १२.६ मा किरिन ९०००ई तथा १०.८ मा स्न्यापड्रागन ८७० चिपसेट राखिएको छ। दुवैमा ८ जीबी र्याम र १२८ वा २५६ जीबी मेमोरीसहितका दुई भेरियन्ट छन्। दुवैमा पछाडि ट्रिपल क्यामरा सेटअप छ।
मेटप्याड प्रो १२.६ मा २५६०x१६०० पिक्सेलको १२.६ इन्चको ओएलईडी डिस्प्ले रहेको छ भने १०.८ मा १२० हर्ज रिफ्रेश रेटिसहितकव आईपीएस एलसीडी राखिएको छ।
ह्वावेले १२.६ भेरियन्टमा १० हजार एमएएच क्षमताको ब्याट्री दिएर १४ घण्टासम्मको ब्याकअपको दावी गरेको छ भने यसमा ४० वाट वायर्ड तथा २७ वाट वायरलेस फास्ट चार्जिङ तथा १० वाट रिभर्स चार्जिङ फिचर पनि दिइएको छ।
उता १०.८ भेरियन्टमा भने ७२५० एमएएचको ब्याट्री राखिएको छ। दुवैले ह्वावेको एम-पेन्सिल स्टाइलस तथा म्याग्नेटिक कीबोर्ड सपोर्ट गर्छन्। यूरोपमा १२.६ भेरियन्टको ७९९ यूरो तोकिएको छ भने १०.८ भेरियन्टको मूल्य र उपलब्धताका बारेमा जानकारी दिइएको छैन।
मेटप्याड ११
यो प्रो मोडलभन्दा भिन्न प्याडमा २५६०x१६०० रेजोल्युशनको १०.९५ इन्चको आईपीएस एलसीडी राखिएको छ भने यसको रिफ्रेश रेट १२० हर्ज छ। हर्मन/कार्डन माइक्रोफोनसहित क्वाड स्पीकर सेटअप पनि राखिएको छ।
यसमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज तथा २२.५ इन्च फास्ट चार्जिङसहितको ७२५० एमएएचको ब्याट्री दिइएको छ। स्न्यापड्रागन ८६५ चिपसेट राखिएको यो ट्याबले पनि एम-पेन्सिल र स्मार्ट कीबोर्ड सपोर्ट गर्छ। यसको मूल्य यूरोपमा ३९९ यूरो तोकिएको छ भन अन्य क्षेत्रमा यसको मूल्य र उपलब्धताका बारेमा जानकारी दिइएको छैन।
प्रकाशित: २० जेष्ठ २०७८, बिहीबार