एप्पलका मुख्य सुरक्षा अधिकारीमाथि लागेको ‘प्रहरीलाई आईप्याड घुस दिएको’ आरोप न्यायाधीशद्वारा रद्द

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

एप्पलका मुख्य सुरक्षा अधिकारीमाथि लागेको ‘प्रहरीलाई आईप्याड घुस दिएको’ आरोप न्यायाधीशद्वारा रद्द

काठमाडौं ।

क्यालिफोर्नियाका एक अदालतले एप्पलका मुख्य सुरक्षा अधिकारीमाथि लागेको ‘घुस दिएको’ आरोप रद्द गरेको छ।

रोयटर्सका अनुसार एप्पलका मुख्य सुरक्षा अधिकृत थोमस मोयरमाथि एप्पलका कर्मचारीलाई लुकाइएको हतियार लान पाउने इजाजतका लागि प्रहरीलाई आईप्याड घुस दिएको आरोप लागेको थियो।

एरिक एस गेफन नामका न्यायाधीशले ती अधिकारीमाथि लगाइएको भ्रष्टाचारको अभियोग पूर्णरुपमा गलत भएको र त्यसलाई बृहत् इजालाससमक्ष प्रस्तुत गरिएका सबुत प्रमाणले प्रमाणित गर्न नसकेको भन्दै रद्द गरेका हुन्।

गएको नोभेम्बरमा मोयरमाथि साटा क्लारा काउन्टीका एक अधिकारीलाई २०० ओटा आईप्याड उपहार दिने प्रस्ताव राखेको आरोप लागेको थियो। उनले सन् २०१९ मा काउन्टी प्रमुखको कार्यालयमा भेटघाटपश्चात् यस्तो प्रस्ताव राखेको उनीमाथि गएको नोभेम्बरमा कसुर लगाइएको थियो।

मोयरले उक्त प्रस्ताव राखेको तर त्यसबेलासम्म मागिएको इजाजत दिइसकिएको न्यायाधीशले बताए। यसबाहेक मोयरले एप्पलको दान दिने नियमअनुसार ती आईप्याड अधिकारीहरुलाई नभइ काउन्टी प्रमुखकै कार्यालयलाई दिने प्रस्ताव गरेकाले पनि उनको कदम भ्रष्ट मनशाययुक्त नभएको फैसलामा उल्लेख छ।

सान फ्रान्सिस्को क्रोनिकलको एक रिपोर्ट अनुसार उक्त घटनाका बारेमा सञ्चारमाधयमबाट अफवाह फैलिएकाले एप्पलले काउन्टी प्रमुखको कार्यालयमा कम्प्युटर उपहार दिने योजना रद्द गरेको थियो।

रोयटर्सका अनुसार मोयरले यस विषयमा अदालतलाई धन्यवाद दिएका छन्। ‘म एप्पल. मेरा साथीभाइ तथा परिवारलाई पनि उनीहरुको अथाह समर्थनका लागि धन्यवाद दिन चाहन्छु’, उनले भने। एप्पललले गत वर्ष आन्तरिका अनुसन्धानबाट यसमा घुस वा भ्रष्टाचारको कुनै आशय नभेटिएकव बताएङ्को थियो। मोयर लगभग १५ वर्षदेखि एप्पलमा काम गरिरहेको र सन् २०१८ यता एप्पलको विश्वसुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका बताइएको छ।

Global Bank
easy care

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

ताजा समाचार