अब मोजिला फायरफक्स डिट्याच्ड ट्याब र सुधारिएको नोटिफिकेशन सहित नयाँ डिजाइनमा उपलब्ध

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

अब मोजिला फायरफक्स डिट्याच्ड ट्याब र सुधारिएको नोटिफिकेशन सहित नयाँ डिजाइनमा उपलब्ध

वेब ब्राउजिङ अनुभव प्रदान मोजिला फायरफक्स ब्राउजर रिडिजाइन गरिएको छ। यसमा अपग्रेड गरिएको ट्याब इन्टरफेशसहित सहज नेभिगेशनको अनुभव लिन सकिने बताइएको छ।

कम्पनीले यो नयाँ अपडेट अनलाइनमा सुरक्षित, शान्त तथा लाभदायक अनुभवका लागि तथा यूजरहरुको अनलाइन बानीसँग तादात्म्य राख्नका लागि ल्याइएको बताएको छ।

डेस्कटप प्रयोगकर्ताका लागि नयाँ अनुभवबाहेक मोजिलाले आईओएस तथा आईप्याडओएसका लागि पनि थुप्रै अप्टिमाइजेशनसहितको ताजा डिजाइन ल्याएको छ।

मोजिलाले डेस्कटपमा ल्याएको आकर्षक परिवर्तनमध्ये ट्याबका लागि बनाइएको नयाँ इन्टरफेश हो। सामान्यतया यसका ५० प्रतिशत यूजरले ४ वा त्यसभन्दा बढी ट्याब चलाउने भएकाले टूलबारभन्दा फरक देखिने गरी ब्राउजरबाट अलि पर फ्लोट हुने गरी बनाइएको छ।

यो फिचर एप्पलको सफारी तथा गुगल क्रोममा टूलबारमै जोडिएका ट्याबहरुभन्दा भिन्दै खालको हुने बुझिएको छ।

मोजिलाले आफ्नो ब्लगमा टूलबारमा नजोडिएको ट्याब बनाउनुका पछाडि यूजरलाई कुनै विशेष ट्याब चलाउन, रिअरेन्ज गर्न तथा तान्न सहज होस् भन्ने उद्देश्य रहेको बताएको छ।

आन्तरिक अनुसन्धानका आधारमा मोजिलाले मानिसहरुले फायरफक्समा गर्ने लगभग १७ अर्ब क्लिकमध्ये ४३ प्रतिशत ट्याब भएको ठाउँमा गरिन्छ। कम्पनीले फायरफक्सका ७ प्रतिशत बेलायती यूजरले १६ वा त्यो भन्दा बढट्ठ ट्याब खोल्ने पत्ता लगाएकाले नयाँ ट्याब इन्टरफेस बनाएको बुझिएको छ।

मोजिला फायरफक्स डिजाइनमा आएको परिवर्तन फायरफक्स ८९ डेस्कटप प्रयोगकर्ताका लागि ल्याइएको हो। आईओएस र आईप्याडओएस प्रयोगकर्ताले आफ्ना आईफोन र आईप्याडमा ब्राउजरको रिडिजाइन गरिएको भर्सनको अपडेट पाइसकेका छन्।

TK Viber

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

Loading...