एप्पल टीभी अब सबै एन्ड्रोइड डिभाइसमा पनि उपलब्ध हुने

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

एप्पल टीभी अब सबै एन्ड्रोइड डिभाइसमा पनि उपलब्ध हुने

गुगलले यसै वर्षको शुरुवातमा गरेको वाचा अनुरुप एन्ड्रोइड अपरेटिङ सिस्टम भएका थुप्रै डिभाइसहरुमा एप्पल टीभी उपलब्ध हुने भएको छ।

अर्थात् आजबाट शुरु हुने एप्पल टीभी एप कुनै पनि आधुनिक एन्ड्रोइड डीभी डिभाइसमा उपलब्ध हुने जनाइएको छ।

एनभिडियाले आफ्नो शिल्ड टीभीमा एप्पल टीभी एप रहने समाचार बाहिर ल्याए पनि गुगलले भने एन्ड्रोइड टीभी ओएस इकोसिस्टम भएका सबै डिभाइसमा उपलब्ध हुने बताएको हो।

यो सूचीमा शाओमी टीसीएल हाइसेन्सलगायतका अन्य ब्रान्डका स्ट्रिमिङ बक्स तथा स्टिकहरु पनि समावेश गरिएका छन्। यसअघि यो फिचर सोनी ब्राभिया टीभी तथा गुगल टीभीसहितको क्रोमकास्टमा मात्र उपलब्ध थियो।

हालै स्ट्यान्डर्ड एन्ड्रोइड टीभी प्लेटफर्मयुक्त हाइसेन्सको यू८जी टेलिभिजनमा यसको परीक्षण गर्दा एप्पल टीभी उपलब्ध भएको थियो। यो एप प्लेस्टोरमा देखिन्छ भने सजिलै र तत्काल इन्सटल गर्न सकिन्छ।

गुगलले अनुसार यो एप एन्ड्रोइड ८.० ओरियो वा त्यसभन्दा माथिका ओएस भएका डिभाइसहरुमा आजैदेखि एप्पल टीभी उपलब्ध हुने जनाएको छ। यसका लागि कुनै उपकरण निर्माता वा गुगलको आधिकारिक सूचना कुर्नु नपर्ने पनि बुझिएको छ।

TK Viber

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

Loading...