वित्त प्रविधि कम्पनी वाइजले बनाएको एपमार्फत् भारतबाट विश्वका ४४ देशमा पैसा पठाउन सक्ने

Technology Khabar १९ जेष्ठ २०७८, बुधबार

वित्त प्रविधि कम्पनी वाइजले बनाएको एपमार्फत् भारतबाट विश्वका ४४ देशमा पैसा पठाउन सक्ने

वित्त प्रविधि कम्पनी वाइजले मंगलबार भारतमा रहेका प्रयोगकर्ताले ४४ देशमा पैसा पठाउन सक्ने बताएको छ।

पैसा पठाउन सकिनेमा सिंगापुर, अमेरिका यूएई तथा यूरो क्षेत्रमा रहेका देशहरु रहेका छन्।

भारतबाट बाहिर जाने रेमिट्यान्स आर्थिक वर्ष सन् २०१९-२० मा लगभग १८ अर्ब ७५ करोड डलर रहेको थियो। भारतको रिजर्भ बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार कुल बाहिर जाने रेमिट्यान्सको लगभग ६० प्रतिशत यात्रु तथा विदेशमा पढिरहेका विद्यार्थीको शुल्कका लागि पठाइएको छ।

उदार रेमिट्यान्स योजनाअन्तर्गत केन्द्रीय बैंकले व्यक्तिगत तथा शैक्षिक खर्चका लागि वार्षिक २ लाख ५० हजार डलरसम्म पठाउन अनुमति दिएको छ।

भारतका उल्लेख्य संख्याका व्यक्तिहरु देशबाहिर भएकाले र उनीहरुरले आफ्ना परिवार र आफन्तलाई लगातार पैसा पठाउने भएकाले भित्रिने रेमिट्यान्सको बजार भने बाहिरिने भन्दा ज्यादै ठूलो छ। सन् २०१९ को विश्व बैंकको तथ्याङ्कले भारतमा भित्रिने व्यक्तिगत रेमिट्यान्स ८३ अर्ब डलरभन्दा धेरै रहेको थियो।

यसअघि ‘ट्रान्सफरवाइज’ का नामले चिनिने उक्त कम्पनीका सीईओ तथा सह संस्थापक क्रिस्टो कार्मानले भारतबाट अन्य मुलुकमा पैसा पठाउने सेवा भारतमा रहेकाहरुले अत्यधिक चासो राखेको र माग गरेको सेवामा पर्ने बताए।

‘भारत देश आफैंमा उत्साहजनक छ, कार्मानले भने, ‘लगभग एक दशकमा स्थानीय भुक्तानी पूर्वाधार तथा यूपीआईको विकास भएको देख्न पाउनु निकै चाखलाग्दो विषय हो।’

TK Viber

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

Loading...