सामसङले ग्यालेक्सी जेड फोल्ड३ का पार्टपुर्जाको व्यापक उत्पादन थाल्यो

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

सामसङले ग्यालेक्सी जेड फोल्ड३ का पार्टपुर्जाको व्यापक उत्पादन थाल्यो
Classic Tech

विनफ्युचर डट डीईको एक रिपोर्ट अनुसार सामसङले आफ्नो आउँदै गरेको ग्यालेक्सी जेड फोल्ड ३ का आवश्यक सामग्रीहरुको व्यापक उत्पादन शुरु गरेको छ।

यसबाट कम्पनीले ग्यालेक्सी जेड फोल्ड३ आगामी केही महिनामा सार्वजनिक हुन सक्ने अपेक्षा गर्न सकिन्छ।

विनफ्युचरका अनुसार कम्पनीले यो डिभाइस केही निश्चित परिमाणमा मात्र बनाउने छ। पहिलो चरणमा कम्पनीले अन्य डिभाइसको तुलनामा एक तिहाइका लागि मात्र बनाउने बुझिएको छ।

यसो हुनुमा सामसङका फोल्डेबल फोनको मूल्य अन्य साधारण डिस्प्ले भएका डिभाइसका तुलनामा ज्यादै धेरै पर्ने भएकाले पनि हुन सक्छ। कम्पनीले बिक्री र मागका आधारमा बिस्तारै यसको उत्पादन बढाउँदै लैजाने बुझिएको छ।

ग्यालेक्सी जेड फोल्ड३ इन-डिस्प्ले क्यामरा भएको र एस पेन स्टाइलस सपोर्ट गर्ने सामसङको पहिलो फोल्डेबल फोन हुने पनि आकलन गरिएको छ।

रिपोर्ट अनुसार यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेट सहितको ६.२ इन्च सुपर एमोलेड कभर डिस्प्ले तथा भित्र १२० हर्ज नै रिफ्रेश रेट भएको ७.५ इन्चको क्यूएचडी+ फोल्डेबल सुपर एमोलेड डिस्प्ले रहनेछ।

यसमा क्वालकमको अत्याधुनिक स्न्यापड्रागन ८८८+ चिपसेट रहनेछ भने १६ जीबी र्याम र ५१२ जीबीसम्मको आन्तरिक स्टोरेजमा उपलब्ध हुनेछ।

फोटोग्राफीका लागि पछाडि १२-१२ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहनेछ भने १० मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको हुनेछ। वायरलेस र रिभर्स वायरलेस चार्जिङ सपोर्ट गर्ने २५ वाटको फास्ट चार्जिङसहितको ४४०० एमएएच क्षमताको ब्याट्रीले यसलाई पावर प्रदान गर्ने बुझिएको छ।

TK Viber

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

Loading...