शाओमी १ घण्टामा ५ लाख थान रेडमी नोट १० बिक्री गर्न सफल

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

शाओमी १ घण्टामा ५ लाख थान रेडमी नोट १० बिक्री गर्न सफल
Classic Tech

चिनियाँ टेक जायन्ट शाओमी आफ्नो पहिलो सेलमा ५ लाख थान रेडमी नोट १० स्मार्टफोन बिक्री गर्न सफल भएको छ।

कम्पनीले गत हप्तामात्रै रेडमी नोट १० सिरिज चीनमा सार्वजनिक गरेको थियो। यसमा नोट १०, नोट १० प्रो र नोट १० फाइभजी मोडल समावेश थिए।

आज मंगलबार कम्पनीले यी फोनहरुको पहिलो सेल लगाएको थियो जुन सोचेभन्दा धेरै नै सफल भएको कम्पनीको दावी छ।

कम्पनीका अनुसार १ घण्टामा ५ लाख थान रेडमी नोट १० सिरिजका स्मार्टफोन बिक्री भएका थिए यो संख्या गणना गर्दा प्रति मिनेट ८ हजार थान हुन आउँछ।

TK Viber

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

Loading...