अनर ब्याण्ड ६ छिट्टै भारतमा सार्वजनिक हुँदै, के के छन् विशेषता?

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

अनर ब्याण्ड ६ छिट्टै भारतमा सार्वजनिक हुँदै, के के छन् विशेषता?

काठमाडौं ।

चिनियाँ कम्पनी अनरले गत वर्ष नोभेम्बरमा चीनमा घोषणा गरेर विश्व जनारमा यो वर्षको मार्चमा उपलब्ध ब्याण्ड ६ छिट्टै भारतमा पनि उपलब्ध गराउने भएको छ।

भारतको ई-कमर्स जायन्ट फ्लिपकार्टले आफ्नो वेबसाइटमा यो ब्यान्डका लागि एउटा पेज बनाएर यसको भारतमा आगमानका बारेमा आधिकारिक जानकारी दिएको हो।

यो डिभाइसमा १.४७ इन्चको रंगीन एमोलेड टचस्क्रीन रहेको छ भने यो यसको अघिल्लो संस्करण अर्थात् ब्यान्ड ५ को तुलनामा १४८ प्रतिशतले ठूलो हो।

पर्सनलाइज्ड वाच फेस सपोर्ट गर्ने यो डिभाइसको डिस्पलेमा २.५ डी कर्भ्ड ग्लास लगाइएको छ। यसमा ५० मिटरसम्म पानी छिर्दैन भने हार्ट रेट मनिटरिङ, ब्लड अक्सिजन लेभल डिटेक्टर तथा स्लीप ट्र्याकिङजस्ता स्वास्थ्य तथा फिटनेस ट्र्याकरहरु समावेश गरिएको छ। यस बाहेक यसमा १० ओटा वर्कआउट मोड र ६ ओटा वाच फेस पनि दिइएको छ।

पावरका लगि यसमा १८० एमएएच क्षमताको ब्याट्री राखिएको छ र यसले १४ दिन काम गर्ने दावी पनि गरिएको छ। यसमा एनएफसी भने छैन भने भारतमा पर्ने मूल्य पनि तोकिसकिएको छैन।

easy care

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

ताजा समाचार