आपूर्ति श्रृंखलाको दबाबका कारण टेस्लाका गाडीहरुको मूल्य बढ्ने

Technology Khabar १८ जेष्ठ २०७८, मंगलवार

आपूर्ति श्रृंखलाको दबाबका कारण टेस्लाका गाडीहरुको मूल्य बढ्ने
Classic Tech

टेस्लाको इलेक्ट्रिक भेहिकलहरुको मूल्य बढ्दै गइरहेको छ । हालै कम्पनीका सिईओ एलन मस्कले मूल्य बढ्ने बारेमा जानकारी दिएका हुन् ।

उनले सवारी उद्योगमा विशेष गरी कच्चा पदार्थका लागि आपूर्ति श्रृंखलाको दबाबका कारण मूल्य बढ्ने ट्वीटको प्रतिक्रियामा बताएका हुन् ।

‘उद्योगभर प्रमुख आपूर्ति श्रृंखला दबाबका कारण मूल्य बढ्दै छ । विशेष गरी कच्चा माल,’ मस्कले ट्वीटमा भनेका छन्।

गएको मे महिनामा टेस्लाले मोडल वाई र मोडल ३ को मूल्य बढाएको थियो ।

यसैबिच कम्पनीका उपभोक्ताहरुले टेस्लाका गाडीहरुमा प्यासेन्जर सिटमा लम्बर सपोर्ट हटाएर डेलिभरी गरिएको गुनासो गरेका थिए । एजेन्सी

TK Viber

प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार

Loading...