एनएमबि बैंकको खाता अनलाईनबाटै कनेक्ट आईपीएसमा भेरीफाई गर्न सकिने

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

एनएमबि बैंकको खाता अनलाईनबाटै कनेक्ट आईपीएसमा भेरीफाई गर्न सकिने

काठमाडौं ।

एनएमबि बैंकका ग्राहकले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् ।

यस सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरीफाई गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्नेछन् ।

हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाईन सुविधाको थालनीले बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहज हुने विश्वास गरिएको छ ।

अन्लाईन सेल्फ भेरिफाई गरिएका खाताका लागि बैंकले प्रतिदिन १ लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा प्रदान गरेको छ । त्यस्तै, कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।

यसरी अनलाईनबाट सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ । कनेक्ट आईपीएसमा हाल ५४ बैंक वित्तिय संस्था सदस्य रहेका छन् ।

easy care

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार