डाइमेन्सिटी १२०० चिपसेटयुक्त रियलमी एक्स७ म्याक्स फाइभजी भारतमा सार्वजनिक

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

डाइमेन्सिटी १२०० चिपसेटयुक्त रियलमी एक्स७ म्याक्स फाइभजी भारतमा सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सोमबार भारतमा आफ्नो नयाँ स्मार्टफोन रियलमी एक्स७ म्याक्स फाइभजी सार्वजनिका गरेको छ। यसमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट राखिएको छ भने रिफ्रेश रेट १२० हर्ज रहेको छ।

अक्टाकोर प्रोसेसर भएकाले अघिल्ला फोनहरुमा भन्दा यसमा सीपीयूको क्षमता २२ प्रतिशत द्रुत तथा २५ प्रतिशतसम्म कम ब्याट्री खपत हुने भएको छ।

यसमा ६.४३ इन्चको फुल एचडी+ सुपर एमोलेड पन्चहोल डिस्प्ले राखिएको छ भने सुपरडार्ट चार्जिङ सपोर्ट गर्ने ५० वाट फास्ट चार्जर सहितको ४५०० एमएएच ब्याट्री दिइएको छ। यसले १६ मिनेटमा फोन ५० प्रतिशतसम्म चार्ज गर्न सकने कम्पनीको दावी छ।

पछाडि ६४ मेगापिक्सेलको मुख्य, ८ मेगापिक्सेलको वाइड एङ्गल तथा २ मेगापिक्सेलको म्याक्रो सेन्सरसहितको ट्रिपल क्यामरा सेट अप र सेल्फीका गि अगाडि १६ मेगापिक्सेलको क्यामरा उपलब्ध छ।

८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको फोनको ३७२ डलर तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ४१३ डलर तोकिएको छ। यो भारतमा फ्लिपकार्टमार्फत् आगामी जुन ४ देखि उपलब्ध हुने बुझिएको छ।

easy care

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार