इन्टरनेट ब्याण्डविथ आयातमा लाग्दै आएको टिडिएस शुल्क घटाएको अर्थ सचिवको भनाई

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

इन्टरनेट ब्याण्डविथ आयातमा लाग्दै आएको टिडिएस शुल्क घटाएको अर्थ सचिवको भनाई

काठमाडौं ।

सरकारले इन्टरनेट ब्याण्डविथ आयातमा लाग्दै आएको टिडिएस शुल्कमा १० प्रतिशतले घटाएको छ ।

सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशतले लाग्दै आएको टिडिएस शुल्क घटाएको अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले बताए ।

उनले आज सेजनद्धारा आयोजित बजेट पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कर घटाएको जानकारी दिएका हुन् ।

हाल आयकर ऐनमा भएको व्यवस्थाअनुसार इन्टरनेट सेवा प्रदायकले विदेशबाट आयात गर्ने इन्टरनेट व्यान्डविथमा टिडिएस लाग्ने गरेकोछ ।

‘हामीले बजेटमा आगामी आर्थिक वर्षदेखि इन्टरनेटमा लाग्दै आएको १५ प्रतिशत टिडिएसलाई ५ प्रतिशतमा झारेका छौं । यसले इन्टरनेट व्यसायमा थप सुविधा हुनेछ ।’ सचिव ढुंगानाले भने ।

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटमा लाग्दै आएको अत्यधिक कर घटाउनु पर्ने माग गर्दै आएका थिए । यस बारेमा सरोकारबालाहरुसँग धेरै पटक छलफल गरेको तर समयअभावले गर्दा नसकिएको सचिव ढुंगानाले बताए ।

‘हाम्रो धारणा करसँगै उपभोक्ताको लागि मूल्य पनि घटाउन सकिन्छ कि भन्ने थियो । यसमा हामीले होमवर्क गर्न खोजेका थियौं तर समय अभावले गर्दा समय दिन सकेनौं ।’ उनले भने ।

उनले आगामी दिनमा यस विषयमा छलफल गर्न तयार रहेको बताए ।

easy care

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

ताजा समाचार