हटेन हाल लाग्दै आएको मोबाइल फोन र स्मार्ट वाचको अन्तःशुल्क दर

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

हटेन हाल लाग्दै आएको मोबाइल फोन र स्मार्ट वाचको अन्तःशुल्क दर

सरकारले स्मार्टफोन र स्मार्ट वाच लाग्दै आएको अन्तशुल्क दरलाई आगामी आर्थिक वर्षको बजेटमा पनि यथावत राखेको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले मोबाइल फोनहरुमा २.५ प्रतिशत र स्मार्ट घडी/ वाचमा १५ प्रतिशत अन्तःशुल्क कर लगाउँदै आएको छ । सोहि अनुसारको अन्तशुल्क दर आगामी वर्षको लागि पनि कायमै भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक ऐन २०७८ अनुसार सो दर यथावतै रहेको देखिएको हो ।

मोबाइल फोनहरुमा दुईवर्ष अघि सरकारले ५ प्रतिशत अन्तशुल्क कर लगाएको थियो तर चर्को विरोधपछि चालु आवको बजेटमा त्यसलाई घटाएर २.५ प्रतिशतमा झारिएको थियो । सोही दरलाई आगामी बजेटमा पनि त्यसलाई निरन्तरता दिईएको छ ।

सरकारले पहिलो पटक स्मार्ट वाचमा चालु आवको बजेटमार्फत अन्तःशुल्क कर लिने घोषणा गरेको थियो । यसअघि स्मार्ट वाचको लागि छुट्टै व्यवस्था थिएन । चालु वर्षमा लगाईएको स्मार्ट वाच कारोबारमा १५ प्रतिशत अन्तशुल्कलाई समेत कायमै राखिएको छ ।

यसका साथै सरकारले मोबाइल फोन प्रयोगकर्ताहरुले अत्यधिक प्रयोग गर्ने पावर बैंकमा लाग्दै आएको अन्तशुल्क करलाई पनि यथावत नै राखेको छ । सरकारले पावर बैंकमा १० प्रतिशत अन्तशुल्क लिनेछ ।

स्मार्ट वाचमा १५ प्रतिशत अन्तशुल्क लिएपनि भन्सार शुल्क भने छुट गरिएको छ । तर पावर बैंकमा भने भन्सार शुल्क १५ प्रतिशत लिईने गरेको छ।

यसबाहेक सरकारले मोबाइल फोन नेटवर्कको लागि आवश्यक पर्ने बेस स्टेशनमा लगाउँदै आएको ५ प्रतिशत अन्तशुल्कलाई पनि कायमै राखेको छ ।

TK Viber

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

Loading...