गोपनीयता नीति अस्विकार गर्नेको एकाउन्टमा कल तथा मेसेज ब्लक गर्ने निर्णयबाट पछि हट्यो ह्वाट्सएप

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

गोपनीयता नीति अस्विकार गर्नेको एकाउन्टमा कल तथा मेसेज ब्लक गर्ने निर्णयबाट पछि हट्यो ह्वाट्सएप

काठमाडौं ।

ह्वाट्सएपले गोपनीयता नीति अस्विकार गर्नेको एकाउन्टमा मुख्य फिचर चलाउन नपाउने तथा कल र मेसेज ब्लक गर्ने नसर्णयबाट पछि हटेको छ।

ह्वाट्सएपले केही समय अघि गोपनीयता नीति अस्विकार गर्नेको एकाउन्टमा मुख्य फिचर चलाउन नमिल्नर् तथा कल र मेसेज ब्लक गर्ने चेतावनी दिएको थियो। पछि भारतलगायत थुप्रै देशमा यसको विरोध भएपछि उसले तत्कालका लागि भए पनि यस्तो निर्णय गर्नुपरेको हो।

कम्पनीले शुक्रबार एक विज्ञप्ति निकाल्दै नयाँ गोपनीयता नीति स्वीकार नगरे पनि एकाउन्टमा केही फेरबदल नगर्ने प्रतिबद्धता जनाएको द नेक्सटवेब डटकमले लेखेको छ।

‘थुप्रै अधिकारीहरु तथा गोपनीयता विज्ञहरुसँगको छलफलपछि हामी नयाँ नीति स्वीकार नगर्नेहरुको एकाउन्टमा पनि कुनै सीमा नलगाउने प्रतिबद्धता गर्दछै, द भर्जलाई दिएको एक विज्ञप्तिमा कम्पनीका एक प्रवक्ताले उल्लेख गरेका छन्।’ कम्पनीले यो योजना अनिश्चितकालसम्म चल्ने पनि आश्वासन दिएका छन्।

कम्पनीले आफ्नो वेबसाइटको एफएक्यू सेगमेन्ट पनि अद्यावधिक गर्दै कुनै पनि ग्राहकले नयाँ गोपनीयता नीति स्वीकार नगरेकै कारण एकाउन्ट डिलिट वा त्यसका मुख्य फिचरमा कुनै प्रकारको प्रतिबन्ध महसुस गर्नु नपर्ने जनाएको छ।

तर कम्पनीले नयाँ नीति स्वीकार गर्न पटक पटक नोटिफिकेशन पठाइरहने बताएको छ। नोटिफिकेशन देख्नेमध्ये अधिकांशले अद्यावधिक गरेको उसको भनांइ छ।

यसअघि कम्पनीले फेब्रुअरी र विभिन्न क्षेत्रको दबाबपछि मे १५ लाई नयाँ नीति स्विकार्ने अल्टिमेटम बनाएको थियो।  नयाँ नीति अनुसार ह्वाट्सएपले आफ्नो यूजरका विवरण फेसबुकलाई शेयर गर्न सक्ने प्रावधान राखिएको थियो। उसको यो कदमले यूजर तथा उनीहरुको गोपनीयताका हिसाबले विभिन्न क्षेत्रका अभियन्ताहरुले सुरक्षाको चुनोतीआउने भएकाले अनिवार्य नगर्न दबाब दिएका थिए।

यसपछि यूजरहरु टेलिग्राम र सिग्नलजस्ता एपतिर आकर्षित भएका थिए।

easy care

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

ताजा समाचार