स्टार्टअपहरुलाई साउन १ गतेदेखि नै ऋण रकम उपलब्ध गराउने अर्थ सचिवको भनाई

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको स्टार्टअपलाई दिईने सहुलियत ऋणका लागि आगामी आर्थिक वर्षको शुरुवातदेखि नै सहजीकरण गर्ने बताएका छन् ।

आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले आज आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी आवको साउन १ देखि नै सहुलियत ऋण प्राप्त गर्नसक्ने गरी आवश्यक व्यवस्था मिलाइने जानकारी दिएका हुन् । उनले यसमा देखिने प्रकृयागत जटिलता र असहजता अन्त्य गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाईने बताए ।

‘यस पटक साउन १ गतेदेखि नै फण्ड उपलब्ध गराउने योजनाका साथ तयारी थालेका छौं । स्टार्टअप विकास गर्ने योजना अनुसार च्यालेञ्ज फण्ड स्थापनाको परिकल्पना गरिएको हो,’ सचिव ढुंगानाले भने ।

सरकारले बजेटमार्फत स्टार्टअप व्यवसाय विकासका लागि एक अर्ब रुपैयाँको च्यालेन्ज फन्ड स्थापना गरेको छ ।

‘स्टार्टअपलाई सरकारको क्षेत्रबाट मात्र नभएर निजी क्षेत्रबाट समेत सहायता उपलब्ध गराउने कार्यक्रम ल्याएका छौं,’ उनले भने ।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया