१ महिनामा ३५ लाख रुपैयाँको रिचार्ज कार्ड आयात

Technology Khabar १७ जेष्ठ २०७८, सोमबार

१ महिनामा ३५ लाख रुपैयाँको रिचार्ज कार्ड आयात

काठमाडौं ।

नेपालमा पछिल्लो १ महिनामा ३५ लाख २० हजार रुपैयाँको रिचार्ज कार्ड आयात गरिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको प्रतिवेदन अनुसार भारतबाट २०७८ साल वैशाख महिनाभरीमा नेपालमा लगभग ५ लाख २५ हजार २४९ ओटा रिचार्ज कार्ड भित्रिएका छन्।

चैत्र २०७७ साउनदेखि चैत्र मसान्तसम्म ८१ लाख ३९ हजार ८५५ रिचार्ज कार्ड आयात भएकामा २०७८ वैशाख महिनामा भने ५ लाख २५ हजार २४९ थपिएर ८६ लाख ६५ हजार १०४ ओटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

यीमध्ये वैशाखमा सबैभन्दा धेरै भारतबाट ५ लाख ४ हजार ९९४ ओटा रिचार्ज कार्ड आयात भएका छन् जसको मूल्य ३३ लाख ९८ हजार पर्न आउँछ।

यसपछि कतारबाट ९२ हजार रुपैयाँ बराबरको २० हजार थान आयात गरिएको छ।

यीबाहेक अन्य २० विभिन्न राष्ट्रबाट १ देखि १३८ थानसम्मका यस्ता कार्ड आयात भएका देखिन्छन्। यस्ता कार्डहरु विशेषगरी विभिन्न मोबाइल, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकले ल्याउने भएकाले चीन, भारत, इन्डोनेसिया तथा मेक्सिकोबाट आयात भएका व्यावसायिक प्रयोजनका लागि र बाँकी २० राष्ट्रबाट फुटकर आएकाहरु नमुना तथा परीक्षणका लागि ल्याइएको हुनसक्ने आकलन गर्न सकिन्छ।

ती रिचार्ज का मूल्य क्रमश: चीनबाट आयात भएको ६ करोड २८ लाख २१ हजार, भारतबट ३ करोड २७ लाख ७२ हजार, इन्डोनेसियाबाट ५२ लाख ५० हजार तथा मेक्सिकोबाट ५८ हजार गरी कुल १० करोड १० लाख ६ हजार रुपैयाँ रहेको छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेटक सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ । गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेकाछन् ।

यस्ता सेवामा भुक्तानीका लागि विभिन्न अनलाइन गेटवेहरुको उपलब्धता बढेको र अधिकांश ग्राहक त्यतातिर आकर्षित भएपछि रिचार्ज कार्ड प्रयोगमा कमी आएको देखिन्छ।

यो संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा २३ प्रतिशत अर्थात् २५ लाख १ हजार ३९७ थानले कम हो। गत वर्ष ९ महिनाभित्रमा १ करोड, ६ लाख ४१ हजार २५२ थान रिचार्ज कारर्ड आयात भएको तथ्याङ्क छ।

रकमका हिसाबले हेर्दा यो कारोबार गत वर्षको भन्दा २९ करोड ६२ लाख रुपैयाँले कम हो।

easy care

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार