चेम्वर र चिकित्सक संघको सहकार्यमा टेली मेडिसिन सेन्टर शुरु

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

चेम्वर र चिकित्सक संघको सहकार्यमा टेली मेडिसिन सेन्टर शुरु

काठमाडौं ।

नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघले संयुक्त रुपमा टेली मेडिसिन सेन्टरको सुभारम्भ गरेका छन्।

हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा यो पहल गरिएको नेपाल चेम्वर अफ कमर्सले जनाएको छ ।

यस अभियानको लागि नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड-१९ आजै देखि संचालनमा आएकोे छ । टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ ।

चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा केन्द्रको शुभारम्भ भएको हो। ।

उक्त कार्यक्रममा चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड-१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाटयस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे। श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए।

यस केन्द्र संचालनका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजन रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले Mero Doctor” एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा merodoctor.com/help मा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार