फेसबुकमा जस्तै ‘रियाक्शन’ हरु थप्दै ट्विटर

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

फेसबुकमा जस्तै ‘रियाक्शन’ हरु थप्दै ट्विटर

काठमाडौं ।

माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो प्लेटफर्ममा थुप्रै ‘रियाक्शन’ हरु थप्ने भएको छ।

भेरिफिकेशन टिप जार तथा ब्लू पेड सब्सक्रिप्शनका बारेमा आधिकारिक जानकारी पत्ता लगाएका जेन मन्चुन वङले दिएको जानकारी अनुसार ट्विटरले फेसबुकले झैं पोस्टमा धेरै ओटा रियाक्शन थप्न लागेको हो।

यसमा अब हम्, हाहा, चियर र स्याड रियाक्शन थपिने र यीमध्ये अघिल्ला दुईका लागि आफ्नै आईकन बनाइएको र बाँकी दुईका लागि लाइक आईकनमार्फत् जानुपर्ने जानकारीमा उल्लेख छ।

यी फिचरहरु विगत केही हप्तादेखि आन्तरिक परीक्षणमा रहेको र सकेसम्म गलत अर्थ र प्रसङ्गमा प्रयोग हुन सक्ने खालका आईकन वा फिचर नराख्नेमा ट्विटर सचेत रहेको पनि बुझिएको छ।

केही सममययता ट्विटर विभिन्न फिचर थप्नेतर्फ लागिरहेको र यसै क्रममा यसै महिनामा आफ्नो क्लबहाउसजस्तै अडियो फिचर स्पेशेज अझ धेरै यूजरसमक्ष उपलब्ध गराएको र यसमा ‘सशुल्क’ सब्स्क्रिप्शनको व्यवस्थाको पनि शुरुवात गरेको थियो।

easy care

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार