सफ्टवेयर निर्माण र खरिदमा सवा अर्ब खर्च गर्दै सरकार, वैदेशिक ऋण र अनुदान पनि लिईने

Technology Khabar १६ जेष्ठ २०७८, आईतवार

सफ्टवेयर निर्माण र खरिदमा सवा अर्ब खर्च गर्दै सरकार, वैदेशिक ऋण र अनुदान पनि लिईने
Classic Tech

सरकारले आगामी वर्ष २०७८।७९ मा कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्चका लागि १ अर्ब २५ करोड २६ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

सरकारका अर्थमन्त्री बिष्णु पौडेलले शनिवार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अन्य पूँजीगत खर्चअन्तरगत बजेटमा कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च बिनियोजन गरेका छन् । जसअनुसार आगामी वर्षमा १ अर्ब २५ करोड २६ लाख रुपैयाँ खर्च गर्ने भएको हो ।

यस्तो शिर्षकमा चालु आवमा केबल ९३ करोड ७० लाख रुपैयाँ मात्र खर्च हुने संसोधित अनुमान गरिएको छ । जबकी अघिल्लो वर्षमा यस्तो खर्च शुन्य रहेको थियो ।

सरकारले कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीदका लागि १ अर्ब १० करोड १३ लाख रुपैयाँ आफ्नै स्रोतबाट जुटाउनेछ भने ८ करोड ७३ लाख रुपैयाँ वैदेशिक अनुदानमार्फत जुटाउने छ । त्यस्तै बाँकी ६ करोड ४० लाख रुपैयाँ भने वैदेशिक ऋण लिएर खर्च गर्ने योजना लिएको छ ।

अर्को तर्फ सरकारले बजेटमार्फत सरकारी सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालनका लागि २३ करोड ६८ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरेको छ । अर्थमन्त्रीले सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्च शिर्षकअन्तरगत सो रकम छुट्याएका हुन् ।

बजेटअनुसार चालु आवमा यस्तो खर्च २२ करोड ८४ लाख हुने अनुमान गरिएको छ भने त्यसअघिको वर्षमा १४ करोड ३३ लाख रुपैयाँ खर्च भएको थियो ।

आगामी वर्षमा हुने सो शिर्षकअन्तरगतको खर्चमा सरकारले आफैंले २० करोड ६६ लाख रुपैयाँ खर्च गर्नेछ भने वैदेशिक अनुदानमार्फत १ करोड ७ लाख रुपैयाँ तथा ऋण सहयोगअन्तरगत १ करोड ९५ लाख रुपैयाँ खर्च गर्नेछ ।

सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चलाई सरकारले परामर्श तथा अन्य सेवा शुल्क अन्तरगत छुट्याएको छ ।

TK Viber

प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार

Loading...