देशभर स्मार्ट लाइसेन्स लिने करिब २१ लाख पुगे, गाडिको टिकटमा अनलाइन सिस्टम

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

देशभर स्मार्ट लाइसेन्स लिने करिब २१ लाख पुगे, गाडिको टिकटमा अनलाइन सिस्टम

काठमाडौं ।

देशभर स्मार्ट लाइसेन्स लिनेको संख्या २० लाख ८७ हजार पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार अघिल्लो आवमा यस्तो ईलेक्ट्रोनिक स्मार्ट कार्ड लिनेको संख्या १८ लाख १३ हजार २ सय ९१ रहेकोमा चालु आवको फागुन मसान्तसम्म थप २ लाख ७४ हजार ३ सय ९२ जनाले स्मार्ट लाइसेन्स लिएका छन् । यसका साथमा अब कुल २० लाख ८७ हजार ६ सय ८३ सवारी चालकहरुलाई स्मार्ट लाइसेन्स उपलब्ध गराईएको छ ।

त्यसैगरि चालु आवमा जिपिएस भेहिकल ट्रयाकिंग प्रणाली स्थापना गरी सार्वजनिक यातायातमा लागु गर्नका लागि सो प्रणाली विकासको कार्य अन्तर्गत परामर्शदाताबाट प्रथम प्रतिवेदन प्राप्त भई सोको कार्य अगाडि बढेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

आर्थिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख भएअनुसार सार्वजनिक यातायात सेवालाई सुधार गर्ने उद्धेश्यअनुसार मध्यम तथा लामो दूरीमा सञ्चालिन यात्रुवाहक सार्वजनिक यातायात सेवाको अनलाइन टिकट खरिद बिक्री व्यवस्था लागु गरिएकोछ ।

Global Bank
easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार