नेपाल टेलिकमको फोरजी एलटीई सेवा ६५५ स्थानीय तहमा

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

नेपाल टेलिकमको फोरजी एलटीई सेवा ६५५ स्थानीय तहमा
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमको फोरजी एलटीई सेवा देशभर ७७ वटा जिल्लाका ६५५ स्थानीय तहमा पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणको तथ्यांकले चालु आवमा थप स्थानीय तहमा टेलिकमको फोरजी सेवा बिस्तार भएको उल्लेख गरेको छ ।

मोबाइल सेवामा अत्याधुनिक प्रविधि र सेवाहरू भित्र्याई नवीनतम दूरसञ्चार सेवा प्रदान गर्न तथा सो मार्फत देशमा डिजिटल डिभाइड कम गर्ने योजनालाई मूर्तरूप दिन नेपाल टेलिकममार्फत सेवा सुरु गरिएकोथियो। २०७७ असारसम्म ४३७ स्थानीय तहसम्म फोरजी एलटीई सेवा विस्तार भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म थप २१८ स्थानीय तहमा पुगेको हो ।

यसका साथै नेपाल टेलिकमले अप्टिकल फाइबरमार्फत् एउटै लाइनबाट टेलिफोन सेवा, उच्च गतिको इन्टरनेट सेवाको साथै अडियो तथा भिडियो सेवासमेत उपलब्ध गराइरहेको छ ।

सार्वजनिक गरिएको तथ्यांकअनुसार २०७७ असारसम्म २ लाख क्षमताको नेटवर्क जडान गरी ७६ हजार लाइन वितरण भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म २ लाख १२ हजार २ सय क्षमताको नेटवर्क जडान गरिएको छ । जसअन्तरगत ८० हजार ३ सय १८ थप लाइन वितरण भएको सर्वेक्षणमा उल्लेख छ ।

easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार