व्यवसाय सञ्चालन सहजतामा थप सुधार गर्न अनलाईन प्रणालीमार्फत सेवा दिईँदै

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

व्यवसाय सञ्चालन सहजतामा थप सुधार गर्न अनलाईन प्रणालीमार्फत सेवा दिईँदै

सरकारले व्यवसाय सञ्चालन सहजतामा थप सुधार ल्याएको बताएको छ । यसअन्तरगत अनलाइन सेवा भूमीसुधारमा सूचना प्रणालीको निर्माण, नापी कार्यालयमा मेरो कित्ता एप्स, कर प्रशासनमा अनलाइन सेवा, क्वारन्टाइनमा एकद्धार प्रणालीलगायतका सेवाहरु थप गरेको उल्लेख छ ।

शुक्रबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार व्यवसाय दर्तालाई सरल एवं सहज बनाउन उद्योग व्यवसाय दताृको आवेदन अनलाइन प्रणालीबाट गर्न सकिने व्यवस्था मिलाईएको छ ।

त्यसैगरि उद्योग व्यवसाय दर्ताका लागि आवश्यक प्रबन्ध पत्र, नियमावली लगायतका सम्पूर्ण कागजात  अनलाइन प्रणालीबाट पेश गर्न सकिने व्यवस्था मिलाईएको छ।

सरकारले सबै भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रवा हुने भूमि प्रशासनसम्बन्धी सेवालाई भू अभिलेख सूचना व्यवस्थापन प्रणालीको माध्यमबाट सेवाग्राहीले घरमै बसी अनलाइन प्रणालीबाट लिन सक्ने व्यवस्थाअनुरुप फागुनसम्ममा १९ भूमिसुधार तथा मालपोत कार्यालयहरुमा रहेको भू अभिलेख सूचना प्रणालीमा सार्वजनिक पहुँचको व्यवस्था आबद्ध गरी सेवाग्राहीले घरमै बसी जग्गा प्रशासनसम्बन्धी सबै सेवा लिनसक्ने व्यवस्था मिलाईएको छ ।

सरकारले चालु आवमा नै सबै नापी कार्यालयहरुमा नेपाल भू सूचना प्रणाली लागू गरी मेरो कित्ता एप्पको माध्यमबाट कित्तानापी नक्शा लगायतका सेवा विद्युतीय प्रणालीमार्फत प्राप्त हुने व्यवस्था मिलाएकोमा फागुनसम्म ४ नापी कार्यालयमा सो सेवा उपलब्ध रहेको छ ।

सरकारले कर प्रशासन सुधारलाई निरन्तरता दिएको छ। जसअनुसार चालु आवमा अनलाइन कर  प्रणालीको माध्यमबाट कर भुक्तानीका लागि लाग्ने समय र लागत उल्लेख्य मात्रामा घटाईएको सर्वेक्षणमा उल्लेख छ । सेवाग्राहीले चाहेको बखत कर चुक्ता प्रमाण लिन सक्ने व्यवस्था गरिएको छ ।

यस बाहेक चालू आवमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेनटाइन तथा  विषादी व्यवस्थापन केन्द्रलाई नेपाल राष्ट्रिय एकद्धार प्रणालीमा आबद्ध गरी सीमा पार व्यापारलाई थप सहजीकरण गरिएको जनाएको छ ।

साथै निकासी पैठारीका लागि आवश्यक पर्ने एक्जिम कोड नवीकरण अनलाईन प्रणालीबाटै हुने व्यवस्था मिलाईएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...