शान्ति सुरक्षाका लागि देशभर १० हजार भन्दा बढि स्थानमा सिसि क्यामरा जडान

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

शान्ति सुरक्षाका लागि देशभर १० हजार भन्दा बढि स्थानमा सिसि क्यामरा जडान
सांकेतिक

काठमाडौं ।

चालु आव २०७७। ७८ मा देशभर १० हजार भन्दा बढि स्थानहरुमा क्लोज सर्किट क्यामरा (सिसिक्यामरा)हरु जडान भएका छन् ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार देशभर कुलब १० हजार ८ सय ५४ सार्वजनिक स्थानहरुमा सिसि क्यामरा जडान भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ती सिसिक्यामराहरु जडान भएको बताईएको छ ।

त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको लागि ट्राफिक सञ्चार एप्स निर्माण गरी चालु आवको फागुन मसान्तसम्ममा १९ ट्राफिक प्रहरी चेक प्वाइन्ट प्रयोगमा ल्याईएको उल्लेख छ ।

यसका साथै साईबर ब्यूरोले चालु आवको सोहि अवधिसम्ममा ५० वटा विद्युतीय कारोबारसम्बन्धी मुद्धाको अनुसन्धान समेत गरेको सर्वेक्षणमा राखिएको छ ।

Global Bank
easy care

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

ताजा समाचार