एप्पलले एलजी फोनका दक्षिण कोरियाली प्रयोगकर्ताहरु लक्षित एक्सचेन्ज कार्यक्रम ल्याउँदै

Technology Khabar १५ जेष्ठ २०७८, शनिबार

एप्पलले एलजी फोनका दक्षिण कोरियाली प्रयोगकर्ताहरु लक्षित एक्सचेन्ज कार्यक्रम ल्याउँदै
Classic Tech

एप्पल इंकको दक्षिण कोरियाली इकाईले एलजी इलेक्ट्रोनिक्सका स्मार्टफोन प्रयोगकर्ताहरूलाई आकर्षित गर्न ट्रेड-इन प्रोग्राम चलाउने भएको छ ।  विश्वको सबैभन्दा ठूलो स्मार्टफोन विक्रेता सामसङ इलेक्ट्रोनिक्स कम्पनीको होम टर्फमा आफ्नो उपस्थिति विस्तार गर्ने कदममा एप्पलले सो योजना ल्याउने भएको उद्योगका आन्तरिक स्रोतहरुलाई उदृत गर्दै कोरियनबिजवायरले रिपोर्ट गरेको छ ।

एप्पलको स्थानीय मोबाइल क्यारियरहरूको स्मार्टफोन एक्सचेन्ज स्कीमले मोबाइल डिभाइसको ट्रेड-इन मूल्य भुक्तान गर्नेछ र थप १ लाख ५० हजार कोरियन वन जसले उनीहरुको एलजी स्मार्टफोन आईफोनसँग साट्नेछन उनीहरुलाई तिर्नेछ ।

ती व्यक्ति जसले एक महिना भन्दा बढीको लागि एलजीको फोरजी र फाइभजी स्मार्टफोन्स प्रयोग गरेका छन्, उनीहरुले सेप्टेम्बर २५ देखि चल्ने कार्यक्रमको लागि आवेदन दिन योग्य हुनेछन्। उनीहरूले आफ्नो एलजीको स्मार्टफोनहरू एप्पलको आईफोन १२ वा आईफोन १२ मिनीका लागि एक्सचेन्ज गर्न सक्दछन्।

यस्तो प्रमोशन सदस्यतामा आधारित स्थानीय मोबाइल क्यारियरहरूद्वारा हाल गरिरहेको ट्रेड-इन प्रोग्रामहरू भन्दा अलग छ।

एप्पलले अन्य स्मार्टफोन ब्राण्डका प्रयोगकर्ताहरूका लागि ट्रेड-इन प्रोग्राम सुरु गर्ने निर्णय गरेको यो पहिलो पटक हो । यो दक्षिण कोरियामा विशेष रूपमा चल्नेछ।

बजार विश्लेषकहरुले एप्पलको नवीनतम कदमले एलजी स्मार्टफोनका केही प्रयोगकर्ताहरू दक्षिण कोरियाली टेक जायन्ट कम्पनीको मोबाइल व्यवसायबाट बाहिर निस्किने निर्णय अनुसरण गर्न मद्दत पुर्‍याउने बताएका छन् ।

गत महिना एलजीले जुलाई ३१ सम्ममा निरन्तर पैसा गुमाउने स्मार्टफोनको व्यापारबाट फिर्ता हुने निर्णय गरेको थियो ।

TK Viber

प्रकाशित: १५ जेष्ठ २०७८, शनिबार

Loading...