चार सरकारी निकायहरुमा विद्युतीय हस्ताक्षरको सार्वजनिक पूर्वाधार तयार

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

चार सरकारी निकायहरुमा विद्युतीय हस्ताक्षरको सार्वजनिक पूर्वाधार तयार
Classic Tech

चार सरकारी निकायहरुले हालसम्म विद्युतीय हस्ताक्षर अर्थात डिजिटल सिग्नेचर प्रयोग गर्नसक्ने गरी पूर्वाधार तयार पारेका छन् ।

शुक्रबार सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणअनुसार देशभरका सरकारी निकायहरुमध्ये कर्णाली प्रदेशको आन्तरिक मामिला मन्त्रालय, वालिङ नगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र वैदेशिक रोजगार विभागले विद्युतीय हस्ताक्षर उपयोग गर्न सकिने सार्वजनिक पूर्वाधार व्यवस्था (Public Key Infrastructure enabled) गरेका हुन् ।

सरकारी निकायका सूचना प्रविधि प्रणालीलाई विद्युतीय हस्ताक्षरमैत्री बनाउने उद्देश्यसहितको क्रममा उल्लेिखित चार निकायहरुले यस्तो पूर्वाधार तयार गरेका हुन् ।

डिजिटल सिग्नेचरको प्रयोगले डाटा सुरक्षित र गोप्य हुनुका साथै व्यक्तिगत पहिचान प्रमाणिकरणको लागि समेत सहज हुने गर्दछ ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

Loading...