सरकारी सेवाहरुको लागि छुट्टै ‘डिजिटाईजेसन प्लेटफर्म’ ल्याउने प्रधानमन्त्री ओलीको घोषणा

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

सरकारी सेवाहरुको लागि छुट्टै ‘डिजिटाईजेसन प्लेटफर्म’ ल्याउने प्रधानमन्त्री ओलीको घोषणा
Classic Tech

सरकारले आफ्ना सेवाहरु अनलाइनमार्फत उपलब्ध गराउन डिजिटल सेवाहरुको लागि छुट्टै प्लेटफर्म ल्याउने भएको छ ।

आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवाहरु उपलब्ध गराउन डिजिटाइजेसन प्लेटफर्म तयार पारेर सेवा दिने बताएका हुन् ।

“यसबाट सेवाग्राहीहरुलाई भौतिकरुपमा हुने गलफत्तीबाट मुक्त गराईनेछ ।” प्रधानमन्त्रीले सम्बोधनमा भने ।

उनले से प्लेटफर्ममार्फत कृषि, शिक्षा, स्वास्थ्यलगायतका सर्वसाधारणहरुलाई उपलब्ध गराउने सबै सेवाहरु अनलाइनमार्फत उपलब्ध गराउने बताएका हुन् ।

उनले यसबाट सरकारी सेवाहरु लिनका लागि सहज हुने बताएका छन् ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

Loading...