विद्युतीय प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार नाध्यो

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

विद्युतीय प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार नाध्यो
Classic Tech

चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म अनलाईन सूचना प्रणालीमार्फत व्यक्तिगत घट्नाहरु दर्ता गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणकाअनुसार चालु आवको फागुनसम्म अनलाईन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने स्थानीय तहको वडा संख्या ४ हजार ३२ पुगेको छ भने विद्युतीय प्रणालीमार्फत घटना दर्ता गर्ने संख्या अभियानको शुरुवातदेखि फागुनसम्म १८ लाख ७ हजार ५३३ पुगेको छ ।

त्यसैगरि फागुनसम्म साविकको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा रहेका २०३४ सालदेखि २०५७ सालसम्मका व्यक्तिगत घटना दर्ता सम्बन्धी ३२ लाख ७२ हजार २४४ सूचना फारमलाई डिजिटाइजेसन गरिएको छ ।

यसका साथै ६१ स्थानीय तहमा रहेका व्यक्तिगत घटना दर्ता किताब र सूचना फारम डिजिटाइसेजन गरिएको छ भने ४३७ वटा स्थानीयतहमा डिजिटाइजेसन कार्य निरन्तर भईरहेको छ ।

सर्वेक्षणको तथ्यांकअनुसार चालु आवको फागुनसम्म विद्युतीय प्रणालीमार्फत ९ लाख ५९ हजार ९७७ जन्म दर्ता, २ लाख ३८ हजार ४८२ मृत्यु दर्ता, ३ लाख ८० हजार १९ विवाह दर्ता, ११ हजार १ सय १७ सम्बन्ध विच्छेद दर्ता र २ लाख १७ हजार ९३८ बसाइसराई दर्ता भएको छ ।

सरकारले चालु आवदेखि अनलाईनमार्फत व्यक्तिगत घट्नाहरु दर्ता गर्न शुरु गरेको हो ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

Loading...