शाओमीद्वारा एमआई११ फ्ल्यागशिप स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन विशेषताहरु

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

शाओमीद्वारा एमआई११ फ्ल्यागशिप स्मार्टफोन नेपालमा सार्वजनिक, यस्ता छन विशेषताहरु

काठमाडौं ।

शाओमीले आज आफ्नो लोकप्रिय मी स्मार्टफोनको लाइनअपमा लेटेस्ट फ्ल्यागशिप एमआई ११ को लन्च गरेको छ। वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ मा क्वालकम® स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहितका अत्याधुनिक फिचर रहेका छन्।

यस लन्चको बारेमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भने, “ब्रान्ड एमआईको उद्देश्य भनेको यस्तो उत्पादन प्रस्तुत गर्नु हो जुन प्रिमियम मात्र नभई हाम्रा ग्राहकहरुले विश्वास गर्न सक्ने उत्तम श्रेणीको टेक्नोलोजीले भरिएको हुन्छ । मी ११ को लन्चको साथ हामी यस्तो प्रविधि ल्याइरहेका छौँ जुन भविष्यको प्रमाण हो र यो समग्र प्रयोगकर्ताको अनुभवलाई माथि उठाउनको लागि डिजाइन गरिएको हो । फ्ल्यागशिप एक्सपेरियन्सको प्रदान गर्दै मी ११ ले इमर्सिभ डिस्प्लेको साथ उत्कृष्ट क्यामेरा र पर्फमेन्सको संयोजन गरेर नवीनताको सिमानाहरुलाई पार गर्दछ।”

१०८ एमपीको ट्रिपल क्यामेरा र उन्नत एआई मुभी मोड्सको साथ आफ्नो क्रिएटिभ पोटेन्सियललाई बढाउनुहोस्

अल्टिमेट पकेट आकारको मुभी स्टुडियो रहेका मी ११ ले कुनै पनि नोभिस फोटो र भिडियो उत्साहीलाई यसको ट्रिपल रियर क्यामेरा सेटअपको साथ एक फिल्म निर्देशकको रुपमा परिणत गर्दछ ।

यसको प्राथमिक शुटरको विश्वकै उच्चतम रेजोलुशन १०८ एमपीको वाइड–एंगल क्यामेरा सेन्सरले मी ११ ले क्रिस्टल–क्लियर इमेज क्याप्चर गर्दछ जुन चमकदार विवरणको साथ प्रोफेशनल–ग्रेड डीएसएलआर वा मिररलेु क्यामेरासँग मात्र तुलना गर्न सकिन्छ ।

१३ एमपीको अल्ट्रा–वाइड एंगल क्यामेरा र ५ एमपीको टेलीम्याक्रो लेन्सले रियर क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ जसले शानदार बोकेहको साथ प्रभावशाली परिदृश्य र डिटेल शटहरु प्रदान गर्दछ ।

फ्रन्टमा २० एमपीको पञ्चहोल क्यामेराले होम स्क्रीनमा बेजेलहरुलाई न्यूनतम गर्दछ र प्रयोगकर्ताहरुलाई सेल्फी लिने बेला वा साथीहरुसँग भिडियो च्याट गर्ने बेलामा आफू सर्वश्रेष्ठ देखिन सुनिश्चित गर्दछ ।

एमआई ११ को कटिंग–ऐज भिडियो नाइट मोड टेक्नोलोजीले उज्जवल नाइट सुटिंगको लागि यसको आरएडब्लु–लेभलको ध्वनी कम गर्न उद्योगको मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ ।

६ वटा एक–क्लिकएआई सिनेम्याटिक फिचरले आर्टसी सुटिङ्गलाई ब्रीज बनाउँदछ, प्यारारल वोर्ल्डबाट–जसले तपाईँको दृश्य डुप्लिकेट गर्दछ र मिरर गरिएको विश्वको उपस्थितिलाई उल्टाउँदछ–फ्रेम फ्रिज भिडियोमा–जसले भिडियो फ्रेमलाई फ्रिज र क्लोन गर्दछ जसले भिडियोको हिस्साहरु स्थिर रहेको ईलुजन सिर्जना गराउँछ ।

रियल फिल्म बफहरुले क्यामेराको ईलुजन सिर्जनाको साथसाथै थ्रिलर फिल्महरुमा अत्यन्तै लोकप्रिय रहेको ट्रिकजूमींगइन र आउट अफ द सिनको म्याजिक जूममोडलाई सराहना गर्नेछन् ।

उद्योगको स्तरलाई अझै फस्टाउँदै एमआई ११ ले अब यसको एचडीआर१०+ रेकर्डिंग र नयाँ प्रो टाइम ल्याप्स मोड जसले शटरको गतिलाई अड्जस्ट गर्न, आइएसओ, अपर्चर र ईभीलाई सबैभन्दा चुनौतीपूर्ण लाइटनिंगको अवस्थाहरुमा पनि ह्यान्डल गर्न स्टुडियो–लेभलको सुटिंग कन्ट्रोल प्रदान गर्दछ ।

स्टुडियो–लेभल कन्ट्रोलले मी इरेज २.० सहित उन्नत एआई सुविधाहरुसँग सम्पादन गर्न विस्तार गर्दछ जसले प्रयोगकर्ताहरुलाई एउटा साधारण क्लिकको साथ इमेजहरुबाट अनावश्यक वस्तुहरु वालाइनहरु हटाउनलाई मद्दत गर्दछ ।

हर्मन कारडन द्वारा स्ट्राइकिंग १२० हट्जकोे ६.८१ इन्चको एमोलेड डट डिस्प्ले र साउन्डबाट प्रत्येक विवरण हेर्नुहोस् र सुन्नुहोस्

एमआई ११ ले मार्केटमा एक उत्तम स्क्रीन प्रदान गर्दछ जसले ए+रेटिंग प्राप्त गरेको छ र साथै विश्वकै अग्रणी व्यवसायिक डिस्प्ले रिभ्यु संस्था डिस्प्ले मेटबाट उत्कृष्ट डिस्प्ले अवार्ड हासिल गरेको छ ।

प्रिमियम १२० हट्र्जको ६.८१ इन्चको एमोलेड डट डिस्प्लेको सुविधा रहेको मी ११ प्रयोग गर्नका लागि हेर्नु जत्तिकै प्रभावकारी रहेको छ । शाओमीले सबैभन्दा उन्नत प्रदर्शन यसको डब्लुक्युएचडी+ अल्ट्रा–हाई रेजोलुशन र १०–बीटको कलर टेक्नोलोजीले चम्काउँछ जसले ब्रेथटेकिंग क्ल्यारिटी र स्मुथकलर ट्रान्जिसनको लागि मद्दत पुर्याउँछ ।

सरलताले यसको सुपर रेजोलुशन टेक्नोलोजीको साथ सुविधाहरुलाई पूरा गर्दछ जसले कम डाटा रेजोलुशनको भिडियोहरुलाई डाटा बढेको खपतको चिन्ता बिना डब्लुक्युएचडी+ क्वालिटीमा अपग्रेड गर्दछ ।

४८० हट्र्जको टच स्याम्प्लिंग रेट र इन–स्क्रीन फिंगरप्रिन्ट सेन्सर रहेको मी ११ ले प्रयोगकर्ताहरुलाई सहजै र द्रुत रुपमा उनीहरुको उपकरणलाई इन्टुसिभ नोच्स वा डिस्प्लेलाई अवरोध गर्ने बेजेल बिना अनलक गर्न मद्दत गर्दछ ।

स्लिक लाइटवेट बडी र टाइमलेस लुक रहेको मी ११ ले आरामदायक स्वाइपिंग एक्सपेरियन्स प्रदान गर्दछ र यसको क्वाड–कर्भड स्मुथ एज र रियर ग्लास फिनिसिंगको साथले इन–ह्यान्ड फिलको अनुभव गराउँछ ।

हर्मन कार्डनको प्रोफेशनल्ली ट्युन्ड डुअल स्पिकर रहेको मी ११ ले सुप्रिम सिनेम्याटिक अडियो प्रदान गर्दछ र यसको कर्निङ्ग®गोरिल्ला®ग्लास भिक्टसले फोनलाई खस्न र झर्नबाट बचाई महङ्गो क्षति विरुद्ध सेफगार्ड गर्दछ ।

मी ११ ले उन्नत डुअल एन्टि–ग्लेयर फ्रोस्टेड फिनिसिंगलाई अँगालेको छ जसले फिंगरप्रिन्टलाई नभई लाइटलाई समात्छ र यो दुईवटा रंगको भेरिन्टः मिडनाइट ग्रे र हराइजन ब्लुमा उपलब्ध हुनेछ ।

विश्वको सबैभन्दा उन्नत पर्फमेन्सको साथ सधैँ एक कदम अघि रहनुहोस्

मी ११ क्वालकम® स्न्यापड्रागन ८८८ फिचर गर्ने पहिलो फोन हो जसले विश्वको सबैभन्दा उन्नत मोबाइल प्ल्याटफर्मको साथ फ्ल्यागशिप पर्फमेन्सको परिभाषा प्रदान गर्दछ । क्वालकम® स्न्यापड्रागनत्ः८८८ ले यसको एड्रेनो ६६० जीपीयु, ६ औँ जेनेरेशन क्वालकम®एआई इन्जिन र एक्स ६० मोडेमको साथ एआई टेक्नोलोजीलाई लाइटनिंग फास्ट ५जी कनेक्टिभिटीको साथ ब्लेन्ड गरेर प्रिमियम प्रोसेसिंग मापदण्डलाई पूर्ण रुपमा परिभाषित गर्दछ ।

कटिंग–एज ५ न्यानो मिटरको प्रोसेस टेक्नोलोजीको सुविधा रहेको मी ११ छिटो, अझ शक्तिशाली र यसको पूर्ववर्ती भन्दा बढी इफिसियन्ट छ । यस उपकरणले २के-१२० एफपियस-एचडीआर गेमिंगलाई मात्र सर्मथन नगरी अक्टा–कोर डिजाइन र अल्ट्रा–लार्ज कोर एआरएम कर्टेक्स–एक्स १ पनि प्रदर्शन गर्दछ जसले नाटकीय रुपमा पर्फमेन्सलाई र्याम्प गर्दछ । सबै जबकी यसको ३२०० मेगाहट्र्ज एलपीडीडीआर५ ले इन्व्रmेडिबल डाटा ट्रान्सफर गति सुनिश्चित गर्दछ जसको गति ५५०० एमबीपी यस बाट ६४००एमबीपी यसमा बढेको छ ।

लेटेस्ट लिक्विड कुल हिट डेसिपेसन सिस्टमबाट सुसज्जित रहेको यो उपकरणले सहजै एक्स्ट्रिम गेमिंग र अन्य उच्चक्षमताको अपरेसनहरुसँग कुल रहेर कार्य गर्दछ । यसको साथै यसको ४६०० एमएएच(टाइप), ५५ वाट वायर्ड, ५० वाट वायरलेस र १० वाटको रिभर्स चार्जिङ्गको ट्रिपल कम्बिनेसनले र बक्समा समावेश गरिएको कम्प्याक्ट तर शक्तिशाली ५५ वाटको जीएएन चार्जरले यो सुनिश्चित गर्दछ कि जीवनमा आइपरेको कुनै पनि एड्भेन्चर ट्रिपको बेला सधैँ एमआई ११ पावर्ड अप रहोस् ।

अहिलेसम्मकै स्मार्टेस्ट युआई– एमआईआई १२.५ प्रस्तुत गर्दै

एमआईयुआई १२.५ एक एमआईयुआई १२ मा आधारित इन्टरमिडिएट अपडेट हो जसको मुख्य फोकस भनेको सिस्टम अप्टिमाइजेसनमा रहेको छ । सिस्टम युआईको पूर्ण सुधार पछि यसको सिपियु युसेज पावर कन्जम्प्सनको बेलामा २२ प्रतिशतबाट १५ प्रतिशतमा घटेको छ जसले फ्रिक्सनलेस पर्फमेन्स र ग्राफिक्सलाई सुनिश्चित गर्दछ ।

यो स्क्रीन जेस्चरहरुमा अधिक देखिन्छ जुन अब पहिले भन्दा सहज हुनेछ । अघिल्लो प्रणालीहरुमा जेस्चरहरु र अन्य कार्यहरु सिंगल थ्रेडमा रेन्डर गरियो जसको परिणाम स्वरुप सिपियु उपयोगको लागि प्रतिस्पर्धा गर्ने कार्यहरुको लाम लाग्यो ।

स्वभाविक रुपमा यस परिदृश्य अन्तर्गत कार्यहरुको एक अधिक भारले ढिलाई गर्न सक्छ । जे होस् मीयुआई १२.५ माजेस्चरहरुले एक डेडिकेटेड थ्रेड प्राप्त गर्यो र यसले अन्य कुनै पनि कार्यहरुमा बाँधान पु¥याउने र दु्रत प्रतिक्रियाको ग्यारेन्टीको सुनिश्चित गर्दछ ।

मीयुआई १२.५ को अर्को हाइलाइट भनेको अनइन्सटलेबल सिस्टम एप्लिकेसन हो । नयाँ सिस्टममा बहुमतका एप्लिकेसनहरु अनइन्सटल गर्न सकिन्छ र सिस्टम कोरमा इन्ग्रेभ रहेको थोरै सङ्ख्यामा रहेको एप्लिेकेसनहरु लुकाउन सकिन्छ ।

रंगहरुः
मी ११ एन्टि–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे, फ्रोस्ट वाईट र होराइजन ब्लु रंगको भेरियन्टमा उपलब्ध हुनेछ ।

उपलब्धताः
मी ११ अथोराइज्ड मीस्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा मे ३०, २०२१ बाट उपलब्ध हुनेछ ।

शाओमी नेपालले जुन ३०, २०२१ भन्दा अघि मी ११ खरीद गर्ने उपभोक्ताहरुलाई एक वर्षको ब्रेकेज इन्स्युरेन्स प्रदान गर्नेछ ।८

द्रुत विशिष्टताः
एमआई ११
डिस्प्ले ६ं.८१ इन्चको एमोलेड क्वाड–कर्भ डट डिस्प्ले टु«कलरको साथमा
२०ः९ को एस्पेक्ट रेसियो, डब्लुक्युएचडी+
१२० हट्र्जको रिफ्रेस रेट
४८० हट्र्जको टच स्याम्प्लिंग रेट
कलर कन्ट्रास्टको रेसियोः ५,०००,०००ः१ (टाइप)

एचडीआर १०+, एसजीएस आई केयर डिस्प्ले सर्टिफिकेसन

रंगहरु एन्टी–ग्लेयर फ्रोस्टेड ग्लासः मिडनाइट ग्रे होराइजन ब्लु फ्रस्ट वाइट

बडी कर्निङ®गोरिल्ला®ग्लास भिक्टस

पर्फमेन्स क्वालकम® स्न्यापड्रागन ८८८
५ न्यानोमिटरको पावर इफिसियन्ट म्यानुफ्याक्चरिंग प्रोसेस
अक्टा–कोर डिजाइन, अल्ट्रा–लार्जकोर एआरएम कर्टेक्स–एक्स १
एड्रेनो-६६० सिपियु जिपियु, छैँटौ जेनेरेसन, क्वालकम® एआई इन्जिन
लाइटनिंग फास्ट ५जीकनेक्टिभिटीको लागि एक्स ६० मोडेम
इन्हान्स्ड एलपीडीडीआर५ ३२०० मेगाहट्र्ज र्याम+ युएफयस ३.१ स्टोरेज
भेरियन्टः ८ जीबी+२५६जीबी

रियर क्यामेरा १०८ एमपीको वाइड–एंगलक्यामेरा
१÷१.३३ इन्चको सेन्सर साइज, १.६ माइव्रmोमिटरको ४–इन–१ सुपर पिक्सेल
१३ एमपीको अल्टा–वाइड एंगलक्यामेरा
१२३ डिग्रीको एफओभी, एफ÷२.४ एपर्चर
५ एमपीको टेलीम्याक्रो क्यामेरा

फ्रन्ट क्यामेरा २० एमपीको इन–डिस्प्लेको सेल्फीक्यामेरा
०.८ माइक्रोमिटरको पिक्सेल साइज
१.६ माइक्रोमिटरको ४–इन–१ सुपर पिक्सेल
एफ-२.४ को एपर्चर

कनेक्टिभिटी डुअल सिम, डुअल ५जी स्ट्यान्ड बाई
वाई–फाई ६
मल्टिफंशनल एनएफसी र आइआर ब्लास्टर
यूएसबी टाइप–सी

अनलक इन स्क्रीन फिंगरप्रिन्ट हर्ट रेट मनिटरिङ्गको साथमा
फेस अनलक

चार्जिङ्ग ४६०० एमएएच(टाइप) ब्याट्री
५५ वाट र ५० वाटको वायरलेस फास्ट चार्जिङ्ग
१० वाटको रिभर्स वायरलेस चार्जिङ्ग

अडियो डुअल स्पिकरहरु, हर्मन कार्डनद्वारा साउन्ड
हाई–रेस अडियो सर्टिफिकेसन
हाई–रेस वायरलेस सर्टिफिकेसन

मोटर एक्स–एक्सिस लिनियर भाइब्रेसन मोटर

सिस्टम एन्ड्रोइड १० मा आधारित एमआईयुआई १२

स्टोरेज भेरियन्ट ८जीबी+२५६ जीबी
मूल्यः ८ जीबी+२५६ जीबीः नेपाली रु ८९,९९९

easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार