एनसेलको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

एनसेलको सहायक कम्पनीलाई भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

सरकारले मोबाइलबाट हुने भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न एनसेलको सहायक कम्पनीलाई समेत अनुमति प्रदान गरेको छ ।

हालसम्म नेपाल टेलिकमको सहायक कम्पनीलाई मात्र अनुमति दिएकोमा एनसेलको सहायक कम्पनीलाई समेत अनुमति दिईएको चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फको बिबरणअनुसार नेपाल टेलिकम र एनसेललाई सहायक कम्पनी स्थापना गरेर भुक्तानी सेवा प्रदायकको काम गर्न स्वीकृति दिईएको उल्लेख गरिएको छ ।
नेपाल टेलिकमको नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले आफ्नो सेवा शुरु गर्ने चरणमा रहेको छ भने एनसेलको सहायक कम्पनीको अवस्था के छ भन्ने जानकारी छैन् ।

त्यसैगरि सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सेवा र कारोबार विद्युतीय माध्यमबाट स१ालन गर्न नेशनल पेमेनट गेटवेसम्बन्धी सर्भर स्थापना गरी विद्युतीय भुक्तानी सञ्चालन र्न ५ वटा बाणिज्य बै्रकहरुलाई त्यसमा आबद्ध गरिएको जनाएको छ ।

सो प्रणालीमा हाल महालेखा नियन्त्रक कार्यालयको ईलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीको एपिआईसँग आबद्ध गर्ने कार्य भईरहेको सर्वेक्षणमा उल्लेख छ।

Global Bank
easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार