मध्यपहाडी लोकमार्गमा १ हजार किलोमिटर अप्टिकल फाइबर बिच्छ्याईयो

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

मध्यपहाडी लोकमार्गमा १ हजार किलोमिटर अप्टिकल फाइबर बिच्छ्याईयो

काठमाडौं ।

सरकारले चालु आवमा देशभर १,०६० किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर बिच्छ्याउन सफल भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७।७८ को आर्थिक सर्वेक्षणअनुसार देशभर १,०६० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याउने कार्य सम्पन्न भएको हो ।

सर्वेक्षणकाअनुसार मध्य पहाडी लोकमार्ग र आसपासका जिल्लाहरुमा उच्चगतिको इन्टरनेट पुर्याउन अप्टिकल फाइबर बिछ्याउने कार्य अन्तरगत चालु आवमा ७६७ किलोमिटर नयाँ अप्टिकल फाइबर बिच्छ्याईएको छ ।

यसअघि २०७७ असार मसान्तसम्म २९३ किलोमिटर क्षेत्रमा मात्र अप्टिकल फाइबर बिच्छ्याईएको थियो ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार