गुगलको एन्ड्रोइड १२ मा गम्भीर त्रुटिहरू फेला पार्नुस्, करिब १२ करोड रुपैयाँ पुरस्कार पाउनुस्

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

गुगलको एन्ड्रोइड १२ मा गम्भीर त्रुटिहरू फेला पार्नुस्, करिब १२ करोड रुपैयाँ पुरस्कार पाउनुस्

काठमाडौं ।

गुगलले भर्खरै मात्र बीटा मोडमा एन्ड्रोइड १२ लन्च गरेको छ र यो नयाँ अपरेटिङ्ग सिस्टम गुगलका केही छनौट गरिएका स्मार्टफोनमाहरुमा मात्र अपरेट गर्दछ। यो अहिले परीक्षण र अनुगमनकै चरणमा भएको हुँदा यस बीटा मोडमा बग र त्रुटिहरू फेला पर्नेछ।

जसले तपाईको स्मार्टफोन चलाउने अनुभव बिग्रिन सक्छ वा यो तपाईको स्मार्टफोनका लागि घातक पनि हुन सक्छ, यसका साथै तपाईको फोनले रेस्पोन्स दिन बन्द हुन सक्दछ। अब, गुगल एन्ड्रोइड सेक्यूरिटी रिवार्ड कार्यक्रम अन्तर्गत, प्रविधि विज्ञहरूले यस ओएसमा गम्भीर त्रुटिहरू फेला पार्नेलाई १० लाख डलर अर्थात करिब ११ करोड ८० लाख रूपैयाँभन्दा बढी दिने घोषणा गरेका छन्।

पुरस्कार राशी अमेरिकी डलर १ लाखदेखि १० लाख डलरसम्म रहेको छ । जसमध्ये गम्भीर त्रुटिहरू फेला पार्नेलाई अधिकतम ११ करोड ८० लाख रुपैयाँ दिनेछ ।

गुगलले भनेअनुसार कुनै पनि प्रविधि सेक्यूरिटी रिसर्चर जसले गुगलको बग बाउन्टीमा रुचि राख्छ उसले एन्ड्रोइड १२ को दुई संस्करणहरु एन्ड्रोइड १२ बीटा संस्करण १(Android 12 Beta 1) र एन्ड्रोइड १२ बीटा संस्करण १.१ का दुई ओएस संस्करणहरुलाई विश्लेषण गर्नुपर्नेछ, यो ओएस हाल पिक्सेल डिभाइसहरूको लागि निर्मित हो।

गुगलले एन्ड्रोइड रिवार्ड्स ब्लगमा बताएअनुसार जसले २०२१ मे १८ देखि जुन १८ तारिखसम्ममा निर्मित एन्ड्रोइड १२ दुबै भर्सनमा सुरक्षा गल्तीहरु खोजेर पत्ता लगाउँछन्, उनीहरुलाई रिवार्ड राशिको साथ ५० प्रतिशत बोनस दिइनेछ।

कम्पनीको एन्ड्रोइड सेक्यूरिटी रिवार्ड्स प्रोग्रामले एन्ड्रोइड १२ को कोड कभर गर्नेछ जून यो निर्मित पिक्सेल डिभाइसमा चल्छ र कम्पनीका अन्य पुरस्कार कार्यक्रमहरू यसअन्तरगत आउँदैनन्।

गुगलले केहि बगहरू समेत सूचीबद्ध गरेकोछ जुन यो रिवार्ड प्रोग्राम अन्तर्गत आउँदछ, जस्तै एओएसपी कोड, ओईएम कोड AOSP code, OEM code (पुस्तकालयहरू र ड्राइभरहरू), कर्नेल, सेक्योर कोड, र ट्रस्ट जोन मोड्युलहरू समावेश छन् ।

कम्पनीका अनुसार एन्ड्रोइड सुरक्षाको जोखिममा परेका केही अन्य गैर एन्ड्रोइड कमजोरीहरू पनि यस पुरस्कार कार्यक्रम अन्तर्गत लिन सकिन्छ।

गुगलले यस बिटा संस्करणको लागि डिभाइसहरुको सूची दिएको छ, यो निम्नानुसार छ:-

>> पिक्सेल ५ Pixel 5

>> पिक्सेल ४ए Pixel 4a

>> पिक्सेल ४ए फाइभजी Pixel 4a 5G

>> पिक्सेल ४ Pixel 4

>> पिक्सेल ४ एलएक्स Pixel 4 XL

>> पिक्सेल ३ए Pixel 3a

>> पिक्सेल ३ए एलएक्स Pixel 3a XL

>> पिक्सेल ३ Pixel 3

>> पिक्सेल ३ एलएक्स Pixel 3 XL

रिवार्ड कार्यक्रम

  • पिक्सेल टाइटन एम- १,००,००० डलर सम्म
  • सेक्योर एलिमेन्ट- २,५०००० डलर सम्म
  • ट्रस्टेड एक्जुकेसन इन्भाइरोमेन्ट- २,५०००० डलर सम्म
  • कर्नेल- २,५०००० डलर सम्म
  • प्रिभिलेज्ड प्रोसेस- १००,००० डलर सम्म

यस बाहेक अन्य रिवार्डहरु समेत गुगलले राखेको छ ।

यदि तपाईँपनि गुगलको यस बग बाउन्टीमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर थप जानकारी लिनुहोस् ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार