ट्विटरमा अब रकम तिर्नुपर्ने विशेष सदस्यता सेवा, प्रति महिना २.९९ अमेरिकी डलर शुल्क

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

ट्विटरमा अब रकम तिर्नुपर्ने विशेष सदस्यता सेवा, प्रति महिना २.९९ अमेरिकी डलर शुल्क

काठमाडौं ।

ट्विटरले एप स्टोरमा नयाँ सदस्यता सेवा सूचीबद्ध गरेको छ, सोशल मिडिया जायन्टले चाँडै नयाँ अफरको परीक्षण गर्न तयारी गरिरहेको यसले संकेत गर्दछ।

‘ट्विटर ब्लू’ इन एप पर्चेजको रूपमा सूचीबद्ध गरिएको छ । यसलाई प्रति महिना २.९९ अमेरिकी डलर सेवा शुल्कसहित अमेरिका र अन्य देशहरुमा लिस्टेड गरिएको हो ।

ट्विटरले थप विवरणहरू दिएको छैन र अनलाइन दावीहरू पुष्टि गर्न अस्वीकार गरेको छ, जसमा सेवाले प्रयोगकर्ताहरूलाई ट्वीटहरू ‘अनडू’ गर्न अनुमति दिन सक्छ। त

यसले पहिलेदेखि नै भुक्तान गर्ने ग्राहकहरुको लागी विशेष सुविधाहरुमा काम गरीरहेको बताएको थियो।
यसले आफ्नो राजस्व स्रोतलाई विविधता दिने योजना अघि घोषणा गरिसकेको छ।त्यसैगरि यसअन्तरगत ट्विटरहरुलाई मनपर्ने कलेक्सनमा मिलाउन सकिनेछ भने पढ्नको लागि रिड मोडलगायतका सुबिधा हुनेछन् ।

यद्यपि ‘ट्विटर ब्लू (निलो)’ अब एप स्टोरहरूमा सूचीबद्ध गरिएको छ तर यो अझैसम्म पूर्णरूपमा प्रयोगकर्ताहरूका लागि इनेबल छैन् ।

यसको अर्थ सदस्यता सेवाको प्रारम्भिक अफरहरु चाँडै सुरु हुने सम्भावना छ यद्यपि यो अस्पष्ट छैन कि कुन देशहरूमा पहिले उपलब्ध हुनेछन्।

यो सेवा उपलब्ध भएसँगै प्रयोगकर्ताहरुले ट्विटरको रंग आफूलाई मनपर्नेअनुसार परिवर्तनसमेत गर्न सक्नेछन् । जबकि यसको डिफल्ट कलर निलो हो ।

हाल यो सशुल्क भुक्तानी सेवा आईओएसमा मात्र उपलब्ध हुने बताईएको छ ।

Global Bank
easy care

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

ताजा समाचार