वनप्लसले यी स्मार्टफोनहरुमा स्टाडिया प्रिमियर एडिशन नि:शुल्क दिने

Technology Khabar १४ जेष्ठ २०७८, शुक्रबार

वनप्लसले यी स्मार्टफोनहरुमा स्टाडिया प्रिमियर एडिशन नि:शुल्क दिने

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्नो आधिकारिक वेबसाइटबाट स्मार्टफोन खरिद गर्नेलाई स्टाडिया प्रिमियर एडिशन नि:शुल्क उपलब्ध गराउने भएको छ।

स्टाडिया प्रिमियर एडिशन स्टाडिया कन्ट्रोलर तथा क्रोमकास्ट अल्ट्रा समावेश भएको एउटा बण्डल हो तर यो अफर वन प्लसका सबै स्मार्टफोनमा भने उपलब्ध हुने छैन। कम्पनीले केही सीमित मोडलहरुका लागि यो अफर ल्याएको हो। ती मोडलहरुमा वनप्लस नर्ड, ८ प्रो, ८टी तथा ९ प्रो रहेका छन्।

यो अफर तत्कालका लागि फ्रान्स, जर्मनी तथा बेलायतमा मात्र उपलब्ध छ।

यी देशहरुमा बस्ने यूजरले वनप्लसको आधिकारिक वेबसाइटमार्पत् यी निश्चित मोडलका स्मार्टफोन किन्दा एउटा प्रोमो कोड पनि उपलब्ध गराइन्छ। यो प्रोमो कोड जर्मनी र फ्रान्समा किनेको १५ दिन तथा बेलायतमा ३० दिनभित्र उपलब्ध हुन्छ जसमार्फत् स्टाडिया प्रिमियर एडिशन नि:शुल्क रुपमा दावी गर्न सकिन्छ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७८, शुक्रबार

Loading...