सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने
Classic Tech

भुक्तानी सेवा प्रदायक सेलकमले सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् । यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ । जसले गर्दा जो कोहि ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसीबसी बिभिन्न सामानहरु खरिद गर्न सकिन्छ ।

यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाइल टपअप र टीभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक इन्टरनेटको महशुलमा १.५ प्रतिशत क्यासब्याक, एनटी डाटा प्याकको १ घण्टा अल्टिमेटेड मात्र ११ मा, एनसेल डाटा प्याकको १ दिन अल्टिमेटेड मात्र २१ मा, साथै वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउन सकिने कम्पनीले जनाएको छ ।

यो योजना जेठ १३ गते देखि असार १२ सम्म लागु हुने पनि सेल पेले जनाएको छ ।

TK Viber

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

Loading...