ह्वावेद्वारा रेजेन ५ सीपीयू भएका मेटबुक डी १४ र डी १५ को घोषणा

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

ह्वावेद्वारा रेजेन ५ सीपीयू भएका मेटबुक डी १४ र डी १५ को घोषणा

काठमाडौं ।

ह्वावेले आफ्नो मेटबुक डी १४ र डी १५ लाई एकपटक फेरि अपग्रेड गर्ने भएको छ। यस अपडेट अनुसार यसपल्ट मेटबुक डी १४ र डी १५ मा एएमडीको अत्याधुनिक रेजेन ५ तथा रेजेन ७ सीपीयू राखिने भएको छ।

यो नयाँ चिप बाहेक यी डिभाइसहरुमा अन्य स्पेसिफिकेशन भने यथावत नै रहने बसझिएको छ। स्क्रीनको साइज रेजोल्युशन ब्याट्री क्षमता तथा फर्म फ्याक्टरमा कुनै परिवर्तन नगरिने भएको छ।

डी १४ र डी १५ मा मध्यमस्तरको रेजेन ५ ५०००यू वा शक्तिशाली रेजेन ७ ५७००यू चिपसेट रहनेछ भने रेडिअन भेगा जीपीयू दिइनेछ।

यी दुवैमा ५६ वाट आवरको ब्याट्री तथा ६५ वाटको फास्ट चार्जर उपलब्ध हुन्छ भने डी १४ को स्क्रीन साइज १४ इन्चको तथा डी १५ को १५.६ इन्चको रहनेछ। यस्तै फ्रन्ट क्यामरा अदृश्य छ र यसलाई कीबोर्डमा एउटा डेडिकेटेड बटन छुट्याइएको छ। दुवैमा १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज रहनेछ।

सिल्भर र डीप स्पेस ग्रे रंगमा आउने यी डिभाइसहरुमध्ये डी १४ को मूल्य रेजेन ५ ५५०० यू को ७२० तथा मूल्य रेजेन ५ ५७०० यू को ८०० डलर तोकिएको छ। यस्तै रेजेन ५ ५५०० यू रहेको डी ५ को ७३५ र रेजेन ५ ५७०० यू रहेको भेरियन्टको ८१५ डलर तोकिएको छ।

Global Bank
easy care

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार