सरकारी खाद्य व्यवस्था कम्पनीको अनलाइनबाट खाद्य अर्डर गर्न सकिने, घरसम्मै निशुल्क पुर्याउने

Technology Khabar १३ जेष्ठ २०७८, बिहीबार

सरकारी खाद्य व्यवस्था कम्पनीको अनलाइनबाट खाद्य अर्डर गर्न सकिने, घरसम्मै निशुल्क पुर्याउने

काठमाडौं ।

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले बैशाख १४ गतेदेखि एक हप्ताकोकिराना पसलसमेत खोल्न नदिने गरि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छन्। यसमा दूध, तरकारीलगायतका लागि खाद्यान्न भने बिहान ९ बजेसम्म पसल खोल्न दिइने बताईएको छ ।

यसैबिचमा सरकारी कम्पनी “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो इकमर्श साइटबाट खाद्यान्नहरु अर्डर गर्न सक्ने बताएको छ । कम्पनीले आज सार्वजनिक सूचना जारी गरेर कम्पनीको वेबसाइट https://www.nepalfood.gov.np/ मार्फत अर्डर गरेर खाद्यान्न मगाउन सक्ने जनाएको छ ।

यसको लागि कम्पनीले दाल चामल नुन तेललगायतका खाद्यान्न  घरसम्मै डेलिभरी गर्ने जनाएको छ । कम्पनीकाअनुसार काठमाडौंको चक्रपथ भित्र र त्यसको एक किलोमिटरको भित्र मात्र निशुल्करुपमा घरसम्मै सेवा पुर्याउने जनाएको छ ।

कम्पनीले आफ्नो सेवाको बारेमा सम्पर्क गर्न समेत जानकारी गराएको छ ।

कतै खाद्यान्नको अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका साथै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट समेत मोबाइल गाडीमार्फत् खरिद बिक्रीको गराउने प्रशासनले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १३ जेष्ठ २०७८, बिहीबार

ताजा समाचार